back
CTIZAN AD

अधिकांश नवजात शिशुको मृत्युको कारण वायु प्रदुषण, नेपालसहित एसियाका ४ देशमा यसको गम्भिर समस्या

वि.सं.२०७७ कात्तिक ५ बुधवार

702 

shares

काठमाडौं । वायु प्रदुषणको कारण विश्व हैरानीमा छ । खासगरी चिसोको समय यसको समस्या कयौं गुणा बढ्न जान्छ ।

वायु प्रदुषणको विषयमा धेरै खालका अध्ययनहरु पनि भएका छन् । हालै एशियाका केही देश र अफ्रिकाका केहि देशमा गरिएको एक अध्ययनले लाखौं नवजात शिशुको मृत्युको कारण वायु प्रदुषण भएको निष्कर्ष निकालेको छ ।

वायु प्रदुषण र खाना पकाउँदा इन्धनको प्रयोगबाट निस्कने धुलो धुँवा पनि मृत्युमा जिम्मेवार भएको अध्ययनको निष्कर्ष छ ।

वायु प्रदुषणबाट २०१९ मात्रै ४ लाख ७६ हजार नवजात शिशुको मृत्यु

एक नयाँ अनुसन्धानमा वर्ष २०१९ मा ४ लाख ७६ हजार नवजात शिशुको मृत्यु वायुप्रदुषणको कारण भएको देखिन्छ । ग्लोबल एयर स्टडी नामक संस्थाले गरेको अध्ययनअनुसार दुई तिहाई मृत्युको कारण खाना पकाउन प्रयोग हुने इन्धनको धुवाँ र धुलोबाट भएको देखिन्छ ।

भारतमा सन् २०१९ मा १ लाख १६ हजार बढि शिशुको मृत्यु वायु प्रदुषणको कारणबाट भएको देखिन्छ । शोधअनुसार पाकिस्तानमा वायु प्रदुषणको कारण २०१९ मा मात्रै ५० हजार शिशुको ज्यान गएको छ । यी सबैको मृत्युको कारण वायु प्रदुषण नै जिम्मेवार रहेको अनुसन्धानको निष्कर्ष छ ।

जीवनभर वायु प्रदुषणको नकारात्मक असर

अनुसन्धानअनुसार कुनै शिशुलाई जन्म दिने आमा यदि वायु प्रदुषणको नजिक पर्दछिन् भने शिशुमा त्यसको सिधा असर पर्दछ । जसको कारण पैदा हुँदै शिशुको वजन कम हुने र अपरिपक्क रुपमा जन्मने हुन्छ ।

यदि शिशुमा वायु प्रदुषणको असर छ भने जन्मेको महिना दिन असाध्यै जोखिमपूर्णं हुन्छ । महिना दिन कटेपश्चात पनि जीवनभर त्यसको गम्भीर असरहरु देखा पर्ने हुन्छ । सोध भन्छ, वायु प्रदुषणले नवजात अवस्थामा असर गरेको बच्चाको मानसिक विकासमा समेत सधैंभरि असर गर्दछ ।

६४ प्रतिशत मृत्यु घरेलु वायु प्रदुषणको कारण

अनुसन्धानको निष्कर्ष ६४ प्रतिशत मृत्यु घरेलु वायु प्रदुषणको कारणबाट हुने गर्दछ । खासगरी दक्षिण एसिया आस–पासका क्षेत्रमा हुने वायु प्रदुषणले पनि यसमा अहम भूमिका खेलेको छ । ५० प्रतिशत नवजात शिशुको मृत्युको कारण घरबाहिरको वायु प्रदुषणको कारण भएको शोधको निष्कर्ष छ ।

२०१९ मा विश्वभर ६७ लाखको मृत्यु

शोधअनुसार वायु प्रदुषणको कारण सन् २०१९ मा विश्वभर ६७ लाख मानिसको मृत्यु भयो । उच्च रक्तचाप, धुम्रपानजन्य वस्तुको सेवन, खराब आहार र त्यसपश्चात वायु प्रदुषण मृत्युको जिम्मेवार देखिन्छ ।

स्टेट अफ ग्लोबल एयर स्टडीका लेखकको भनाई अनुसार मानिसको स्वास्थ्यमा पर्ने नकारात्मक प्रभावको बाबजुत विश्वका कयौं हिस्सामा प्रदुषण कम गर्न महत्वपूर्णं कदम उठाइएको छैन् । यस शोधका अनुसार भारत, पाकिस्तान, बंगालादेश र नेपालसमेत दक्षिण एशियाली देश वायु प्रदुषणमा शीर्ष १० भित्र पर्दछन् ।

यूरोपमा हरेक ८ व्यक्तिमध्ये एकको मृत्यु वायु प्रदुषण

यसअघि वायु प्रदुषणकै सन्दर्भमा अर्को फरक अध्ययन पनि गरिएको थियो । जसमा युरोपेली देशको बारेमा चित्रण गरिएको छ ।

जसको निष्कर्षअनुसार युरोपमा हर आठ जनामध्ये एकको मृत्युको कारण वायु प्रदूषण हो । सन् २०१२ मा ब्रिटेनसहित युरोपेली संघका २७ देशबारे अध्ययन गरिएको थियो । जहाँ स्पष्ट देखाइएको छ, उक्त वर्ष भएको ६ लाख ३० हजार मृत्यु पर्यावरणसँग नै जोडिएको छ ।

खासगरी बृद्ध उमेरका र नवजात शिशुमा प्रदुषणको गम्भीर असर देखिएको छ । फोक्सो र मुटु रोग हुनुको अधिकांश कारण पनि वायु प्रदुषण नै जिम्मेवार छ । एजेन्सीको सहयोगमा

वि.सं.२०७७ कात्तिक ५ बुधवार १९:०५ मा प्रकाशित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले...

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौँ । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्...

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन...

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...