४ कात्तिक, काठमाण्डौं । नेपालमा मंगलबार ( ४ कात्तिक) सम्म पिसीआर प्रविधिबाट १३ लाख १४ हजार ७७९ वटा कोरोना भाइरसको नमुना परीक्षण गरिएको छ ।
जसमा पछिल्लो २४ घण्टामा पिसीआर प्रविधिबाट १३,८६१ वटा नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
त्यसैगरी हालसम्म देशैभरी संक्रिय संक्रमित ४१ हजार ७७५ जना रहेका छन् । ती मध्ये देशका विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरहरुमा १३ हजार ५५९ जनाको उपचार भइरहेको छ । साथै होम आइसोलेसनमा बस्नेको संख्या २८ हजार १९६ रहेको छ ।
त्यसैगरी देशभरका विभिन्न अस्पतालको आइसीयुमा २७३ जना संक्रमित उपचाररत छन् ।
मन्त्रालयका अनुसार प्रदेश १ मा ३०, प्रदेश २ मा १०, बागमती प्रदेशमा १५०, गण्डकी प्रदेशमा २०, लुम्बिनी प्रदेशमा ४८, कर्णाली प्रदेशमा ७ र सुदूरपश्चिम प्रदेशमा ८ जना गरी जम्मा २७३ जना आइसीयुमा उपचाररत छन् ।
त्यसैगरी प्रदेश १ मा १६ जना, प्रदेश २ मा १, बागमती प्रदेशमा ४९, गण्डकी प्रदेशमा ४, लुम्बिनी प्रदेशमा ५ र सुदूरपश्चिम प्रदेशमा ३ जना गरी जम्मा ७८ जना भेन्टिलेटरमा उपचाररत छन् ।
त्यस्तै ५०० भन्दा बढी संक्रमित उपचार रहेको जिल्लामा झापा, मोरङ, सुनसरी, काभ्रेपलान्चोक, मकवानपुर, सुर्खेत, ललितपुर, काठमाडौ, चितवन, कास्की, भक्तपुर, दाङ, बाँके, कैलाली, र रुपन्देही गरी १५ वटा रहेका छन् । साथै शून्य संक्रमित भएको जिल्ला मुस्ताङ रहेको छ ।
त्यस्तै आज थपिएका ३,०९३ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ । साथै आज २१०८ जना निको भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ९६ हजार ६०९ पुगेको छ ।
त्यसैगरी आज ८ जना थपिएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७६५पुगेको छ ।
आज काठमाडौं उपत्यकाका १७०२ सहित ३,०९३ जनामा कोरोना संक्रमण
नेपालमा आज काठमाडौं उपत्यकाका १७०२ जनासहित देशैभरी ३,०९३ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा १४३१, ललितपुरमा १२३ र भक्तपुरमा १४८ जना संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा गरिएको १३,८६१ पिसीआर नमुनामा ३,०९३ जना नयाँ संक्रमित थपिएका हुन् ।
मन्त्रालयका अनुसार आज प्रदेश १ को उदयपुरमा १३, झापामा ११, ताप्लेजुङमा, तेह्रथुम र खोटाङमा १\१ जना, धनकुटामा ४, मोरङम १३१, संखुवासभामा ५, सुनसरीमा ४७३ गरी आज प्रदेशमा ६४० जना नयाँ संक्रमित थपिएका हुन् ।
प्रदेश २ को धनुषामा १६, पर्सामा २०, बारामा ८, महोत्तरीमा ४, रौतहटमा १, सप्तरीमा ९, सर्लाहीमा ३ र सिराहामा १४ जना गरी प्रदेशमा आज ७५ जना संक्रमित थपिएका छन् ।
बागमती प्रदेशको काठमाडौंमा १४३१, काभ्रेपलान्चोकमा ३, चितवनमा ८०, दोलखामा १, धादिङमा ३०, नुवाकोटमा १६, भक्तपुरमा १४८, मकवानपुरमा ११३, रसुवामा ३८, ललितपुरमा १२३ र सिन्धुपाल्चोकमा २९ गरी आज प्रदेशमा २०१२ जनामा संक्रमण देखिएको छ ।
गण्डकी प्रदेशको कास्कीमा ४०, गोरखामा २, तनहुँमा ६, नवलपरासीपुर्वमा २१, लमजुङमा ११, बागलुङमा १ र स्याङजामा ५ जना गरी प्रदेशमा आज ८६ नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २, कपिलवस्तुमा २, गुल्मीमा १०, दाङमा १, नवलपरासीमा ४, पाल्पामा १, बर्दियामा २८, बाँकेमा ३८ र रुपन्देहीमा ३० गरी प्रदेशमा आज ११६ जनामा संक्रमण पुष्टि भएको छ ।
कर्णाली प्रदेशको कालिकोटमा १३, जुम्लामा ७, दैलेखमा २५, रुकुमपश्चिममा १ र सुर्खेतमा ३ जना गरी प्रदेशमा आज ४९ जना संक्रमित थपिएका हुन् ।
सुदूरपश्चिम प्रदेशको कन्चनपुरमा ११, अछाममा ११, कैलालीमा ७३, डडेल्धुरामा ७, डोटीमा १२ र बैतडीमा १ जनासहित प्रदेशमा आज ११५ जना संक्रमित थपिएसँगै आज देशैभरी ३०९३ जना संक्रमित थपिएका छन् । जसमा महिला ११७४ र पुरुष १९१९ जना रहेका छन् । आज थपिएका ३०९३ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ ।
संक्रमणबाट निको हुनेको संख्या ९६ हजार ६०९ पुग्यो
नेपालमा आज २१०८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न आइसोलेशन सेन्टर र होम आइसोलेसनमा रहेकाहरु मध्ये २१०८ जना संक्रमणबाट मुक्त भएर डिस्चार्ज भएका हुन् । आज निको भएका २१०८ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ९६ हजार ६०९ पुगेको छ ।
हालसम्म कुन प्रदेशमा कति निको भए त ?
प्रदेश १ मा ७९९३, प्रदेश २ मा १५ हजार ६४९, बागमती प्रदेशमा ४४ हजार २५७, गण्डकी प्रदेशमा ४,८३३, लुम्बिनी प्रदेशमा १२ हजार ६७, कर्णाली प्रदेशमा ३,८९१ र सुदूरपश्चिम प्रदेशमा ७,९१९ जना गरी हालसम्म जम्मा ९६ हजार ६०९ जना निको भएका हुन् ।
यस्तो छ क्वारेन्टिनमा रहनेको संख्या
प्रदेश १ मा ३७४, प्रदेश २ मा ९२, बागमती प्रदेशमा ३०५, गण्डकी प्रदेशमा ६५७, लुम्बिनी प्रदेशमा १०७१,कर्णाली प्रदेशमा ४६९ र सुदूरपश्चिम प्रदेशमा १२५० जना गरी हालसम्म जम्मा ४२२० जना विभिन्न स्थानीय निकायका क्वारेन्टिनमा रहेका छन् ।
यस्तो छ संस्थागत तथा होम आइसोलेसनमा रहनेको संख्या
प्रदेश अनुसार संस्थागत आइसोलेशनमा रहनेमा प्रदेश १ मा १,९९७, प्रदेश २ मा ६५०, बागमती प्रदेशमा ७८६१, गण्डकी प्रदेशमा९६३ लुम्बिनी प्रदेशमा ९६६, कर्णाली प्रदेशमा ४८७ र सुदूरपश्चिम प्रदेशमा ६३५ जना गरी हालसम्म जम्मा १३,५५९ जना संस्थागत आइसोेलेसनमा रहेका छन् ।
त्यस्तै होम आइसोलेसनमा बस्नेहरुमा प्रदेश १ मा ४३९३, प्रदेश २ मा ८२१, बागमती प्रदेशमा १७,२६६, गण्डकी प्रदेशमा ९३५, लुम्बिनी प्रदेशमा ३,३८३ कर्णाली प्रदेशमा ८०७ र सुदूरपश्चिम प्रदेशमा ५९१ जना गरी २८,१९६ जना रहेका छन् ।
कोरोना संक्रमणबाट आज ८ जनाको मृत्यु
नेपालमा आज पनि कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लाका ८ जनाको मृत्यु भएको छ । आज थपिएका ८ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७६५ पुगेको छ ।
वि.सं.२०७७ कात्तिक ४ मंगलवार १७:५४ मा प्रकाशित






























