back
CTIZAN AD

मुख्यमन्त्री शाहीको सत्ता संकट अन्त्य, ओली र प्रचण्डबीच भयो यस्तो सहमती

वि.सं.२०७७ कात्तिक ४ मंगलवार

816 

shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ कर्णाली प्रदेशसभाभित्रको विवाद मिलाउन सहमत भएका छन् । दुई अध्यक्षबीच विवाद समाधानका लागि केहि सहमती पनि भएको छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार दुई अध्यक्षबीच कर्णाली विवाद समाधान गर्न विभिन्न ४ बुँदामा सहमती भएको छ । उनका अनुसार असन्तुष्ट पक्षले दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिने छन् भने सत्तापक्षले विवाद चुलिएसँगै गरिएका कतिपय नियुक्तीका निर्णयहरु बदर गर्नेछन् ।

यस्ता छन् ४ बुँदे सहमती

१. कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हटाउने निर्णय बदर गर्ने ।

२. प्रमुख सचेतकमा उहाँद्वारा नियुक्त सीता नेपालीको निर्णय बदर गरी पूर्ववत् रूपमा सचेतकमा कायम गर्ने ।

३. मुख्यमन्त्रीविरूद्द दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिने ।

४. अन्य विषयहरूमा सल्लाह र समझदारीका साथ आवश्यक निर्णय लिने ।

प्रचण्ड र माधवबीच सहमती भएसँगै प्रस्ताव राेकिएकाे

गत असोज २५ मा मुख्यमन्त्री शाहीविरुद्व प्रधानमन्त्री ओली पक्षीय नेता यामलाल कँडेलको नेतृत्वमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो । प्रदेशका सह–इन्चार्ज कँडेलको नेतृत्वमा नेकपाकै १८ सांसदले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए ।

शाहीविरुद्व एकाएक अविश्वासको प्रस्ताव दर्ताभएसँगै कर्णाली प्रदेशभित्र र सिंगो सत्तारुढ नेकपाभित्र विवाद देखिएको थियो । अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षबीच सहमती भएसँगै अविश्वासको प्रस्ताव रोकिएको थियो ।

अविश्वासको प्रस्ताव रोकिएसँगै दुवै अध्यक्षले सत्तापक्ष र असन्तुष्ट पक्षलाई काठमाडौं बेलाएर परामर्श गरेका थिए । दुई अध्यक्षले बेग्लाबेग्लै परामर्श गरेसँगै विवाद समाधान गर्न सहमती भएको हो ।

वि.सं.२०७७ कात्तिक ४ मंगलवार १८:०२ मा प्रकाशित

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

काठमाडाैँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नागरिकता कार्यान्वयनमा गम्भीर...

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

काठमाडौँ । नेपाललाई ‘कृषिप्रधान देश’ भनिए तापनि भन्सार विभागको चालू...

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

काठमाडौँ ।  ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख...

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली...

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३/०८४...