back
CTIZAN AD

तपाईको आजको राशिफल, आज कुन राशिका व्यक्ति हुनेछन् त लाभान्वित ?

वि.सं.२०७७ कात्तिक ५ बुधवार

594 

shares

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ
श्रम परे पनि सामान्य उपलब्धि प्राप्त हुनेछ । भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ। अध्यात्मभाव जागृत हुनाले परोपकारी काममा प्रवृत्त भइनेछ । आलस्य गर्ने बानीले व्यवहारमा भने पछि परिनेछ । आजको मिहिनेतले भविष्यमा नाम, दाम र प्रतिष्ठा दिलाउनेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला । केही समय लागे पनि नयाँ काम प्रारम्भ हुनेछ ।

बृष -इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ । उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । स्वास्थ्य र अर्थका हिसाबले पनि दिन कमजोर रहनेछ । परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ । अवसरका लागि दौडधुप गर्नुपर्ला । विवादास्पद जिम्मेवारी आइलाग्न सक्छ ।

मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह
परिस्थिति प्रतिकूल रहे पनि मनोरञ्जनको समय छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ । काममा साथीभाइबाट सहयोग मिल्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ ।

कर्कट- हि, हु, हे, हो, डा, डि, डु, डे, डो
चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ । ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ । मिहिनेतले काममा सफलता दिलाउनेछ । समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ । दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ । प्रतिस्पर्धाको दौडमा समेत जित हासिल हुनेछ ।

सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे
परिस्थितिवश काममा सोचेजस्तो प्रगति नभए पनि सामान्य फाइदै हुनेछ । मेसो नमिल्नाले काममा ढिलासुस्ती हुन सक्छ । अध्ययनमा धेरै प्रगति गर्न नभए पनि गुरुजनको सुझाव र सहयोग लाभदायी बन्नेछ । व्यापारमा फाइदाको स्रोत पहिल्याउन सकिनेछ । बुद्धिको उपयोगले धन आर्जन हुनेछ । मिहिनेतले कार्य सम्पादन हुनेछ । नयाँ क्षेत्रतर्फ अग्रसर भइनेछ ।

कन्या -टो, प, पि, पु, ष, ण, ठ, पे, पो
निर्णायक मोडमा दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला । निर्णय लिएर पनि समयमा काम नगर्ने बानीले भने पछि परिनेछ । परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ । सानातिना काममा अलमलिनाले मुख्य काम रोकिन सक्छ । अरूको फाइदाका लागि उपयोग भइएला । तर आलस्य त्यागेर मिहिनेत गर्दा फाइदा उठाउन सकिनेछ ।

तुला -र, रि, रु, रे, रो, ता, ति, तु, ते
अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ । कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम सम्पादन गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ । शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन् ।

बृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु
अध्ययनमा धेरै समय दिन नसकिए पनि ज्ञानलाई निखार्ने अवसर छ । शुभचिन्तकहरूको सहयोग जुट्नेछ भने मौका पर्खंदा अप्ठ्यारो स्थितिमा सुधार आउनेछ । बिस्तारै काम पनि बन्नेछ । अर्थ उपार्जनका केही स्रोत पनि फेला पर्नेछन् । समाजमा आफ्नो प्रभाव बढ्न सक्छ । जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ ।

धनु -ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
सुन्दर पहिरनले व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ । रमाइलो दिन छ । रचनात्मक काम प्रारम्भ गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । व्यापारमा राम्रो फाइदा हुनेछ । नयाँ साथीभाइ भेटिनेछन् । मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ ।

मकर -भो, ज, जि, खि, खु, खे, खो, गा,
समयमा होस नपुग्नाले आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ । अवसरका लागि केही दौडधुप गर्नुपर्ला । व्यवसायमा लगानी बढाउनुपर्ला । आकस्मिक खर्च बढे पनि यात्राको प्रक्रिया अघि बढाउन सकिनेछ । फाइदा नगण्य उठे पनि स्वाभिमानको रक्षा गर्न सफल भइनेछ । दिगो आम्दानी हुने काम फेला पार्न सकिनेछ । आस मारेको कामले उत्साह जगाउनेछ ।

कुम्भ- गु, गे, गो, सा, सि, सु, से, सो, द
आयस्रोत बढ्नेछ तर पछिका लागि केही वस्तु त्याग्नुपर्ला । अवसर मिले पनि तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ । मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्, सजग रहनुहोला । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । प्रयत्न गर्दा पछि फाइदा हुने काम प्रारम्भ हुनेछ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ ।

मीन -दि, दु, थ, झ, ञ, दे, दो, च, चि
नयाँ कामले नाम र दाम दिलाउनेछ । कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ । मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ । व्यवसायमा सोचेको प्रगति हुनेछ । कर्मयोगले मानसम्मान समेत दिलाउनेछ ।

वि.सं. २०७७ कात्तिक ५ बुधवार (इ.स. २०२० अक्टोबर २१)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

यस्तो छ तपाईको आज मंगलबारको राशिफल, हेर्नुहोस् आज क-कसलाई छ त शुभ ?

 

वि.सं.२०७७ कात्तिक ५ बुधवार ०८:३६ मा प्रकाशित

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

आरोग्य पर्यटन वृत्तचित्र प्रदर्शनमा योगी भट्टको साधना : हिमाली शून्य तापक्रममा निवस्त्र योग अभ्यासले सबै स्तब्ध

काठमाडौं । राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड को सभाहल शनिबार...