back
CTIZAN AD

बीआरआई परियोजना स्थायित्व र विकासका लागि महत्वपूर्णं छ : प्रचण्ड

वि.सं.२०७७ कात्तिक ४ मंगलवार

786 

shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनले अघि सारेको बिआरआई परियोजना शान्ति, स्थायित्व र विकासका लागि महत्वपूर्णं हुने बताएका छन् । मंगलबार चिनियाँ कम्युनिष्ट पार्टी अन्तराष्ट्रिय विभागले आयोजना गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजना शान्ति, स्थायित्व र विकासका लागि महत्वपूर्णं हुने बताएका हुन् ।

बीआरआई परियोजनाबाट चीन र नेपाल दुवै देशले फाइदा लिन सक्ने भनाई प्रचण्डको छ ।

कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं जनता समाजवादीका नेता डाक्टर बाबुराम भट्टराईले बीआरआइले यस क्षेत्रको प्रगतिमा महत्वपूर्णं हुने बताए । बीआरआईले नेपालको भूराजनीतिक परिवर्तनमा महत्वपूर्णं भूमिका खेल्न सक्ने भट्टराईको भनाई छ ।

कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आफ्नो धारणा राखेका थिए । कार्यक्रमा चिनियाँ कम्युनिष्ट पार्टी अन्तराष्ट्रिय विभाग मन्त्री सोङ ताओ, चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत कमिटीका सेक्रेटरी वु यिंगजीलगायतले सम्बोधन गरेका थिए ।

चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको वाषिकोत्सवको अवसरमा चिनियाँ कम्युनिष्ट पार्टी अन्तराष्ट्रिय विभागले मंगलबार संयुक्त परामर्श सम्मेलन गरेको हो ।

वि.सं.२०७७ कात्तिक ४ मंगलवार १७:२१ मा प्रकाशित

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

काठमाडाैँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नागरिकता कार्यान्वयनमा गम्भीर...

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

काठमाडौँ । नेपाललाई ‘कृषिप्रधान देश’ भनिए तापनि भन्सार विभागको चालू...

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

काठमाडौँ ।  ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख...

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली...

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३/०८४...