५ कात्तिक, काठमाडौं । नेपालमा आज एकैदिन कोरोना संक्रमणबाट २६ जनाको मृत्यु भएको छ । यो दैनिक मृत्युहुनेको संख्यामा अहिलेसम्मकै बढी हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज विभिन्न जिल्लाका २६ जनाको मृत्यु भएको छ । आज थपिएका २६ जनासँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७९१ पुगेको छ ।
यस्तो छ हेर्नुहोस् नेपालमा आजसम्मको कोरोना अपडेटको पूर्ण विवरण
वि.सं.२०७७ कात्तिक ५ बुधवार १७:२७ मा प्रकाशित






























