back
CTIZAN AD

‘ब्वायफ्रेण्ड’ युनिट काठमाडौं फर्कियो

वि.सं.२०७३ पुस २४ आइतवार

999 

shares

boy11111

काठमाण्डौं । चलचित्र ‘ब्वायफ्रेण्ड’को छायाँकन सक्किएको छ । राजधानीको छायाँकन सक्काएर चितवन पुगेको युनिट त्यहाँको सौराहा लगायतका रमणिय स्थानहरुमा छायाँकन गरी यसै साता राजधानी फर्केको हो । बुढाथोकी फिल्म प्रोडक्सन प्रालिको ब्यानरमा प्रस्तुतकर्ता सुर्य बुढाथोकी, निर्माता कृष्ण खनाल रहेको यसमा निर्माण सहयोगीमा प्रविण बिष्ट, केशव घिमिरे रहेका छन् ।
चलचित्रमा सरोज खनाल, मोहन निरौला, मञ्जु श्रेष्ठ, पुष्कर रेग्मी, महिमा सिल्वाल, सोनाम थापा, श्यामकुमार मिश्र, पुजा थापा, सोभा भण्डारी, कृष्ण खनाल, शुक बहादुर बम्जन, पवन खनाल, लगायतको अभिनय रहनेछ । अथिति कलाकारमा दिलिप ओखेडा, जानु अर्याल, प्रविण थापा रहेका छन् । युवा पिडिमा मौलाएको ब्वाईफ्रेण्ड र गर्लफ्रेण्ड बनाउनेमात्र नभएर अभिभावकले आफ्ना छोरा, छोरी प्रति व्यवास्था गर्दाको परिणाम कस्तो हुन्छ भन्ने बिषयलाई चलचित्रले आफ्नो कथा बनाएको निर्देशक मदन घिमिरेले बताए ।
कर्मसियल चलचित्र निर्देशनमा अलग्गै पहिचान बनाएका घिमिरेले यो चलचित्र पनि कर्मसियल नै हुने जानकारी दिए । मौनता श्रेष्ठको लेखन रहेको चलचित्रमा टंक बुढाथोकी, सोनाम शेर्पा, भोजपुरी गीतका संगीतकार केके सिंह, छायाँकन कृष्ण श्रेष्ठ, शंकर महर्जनको द्धन्द्ध र पुनम राई, राजेन्द्रकमल राईको नृत्य रहनेछ । यतिबेला चलचित्र ब्वायफ्रेण्डको सम्पादन तिब्रगतिमा भैरहेको छ ।

वि.सं.२०७३ पुस २४ आइतवार ०६:२५ मा प्रकाशित

चलचित्र ‘गुरुआमा’को टिजर सार्वजनिक, शिक्षकको त्याग र सम्मानको कथा पर्दामा

चलचित्र ‘गुरुआमा’को टिजर सार्वजनिक, शिक्षकको त्याग र सम्मानको कथा पर्दामा

काठमाडौं । निर्माता तथा निर्देशक प्रेम सोनी सुनारले निर्माण गरेको...

मिराज अर्यालको निर्देशनमा ‘उडी जाने बनको चरी’ सार्वजनिक

मिराज अर्यालको निर्देशनमा ‘उडी जाने बनको चरी’ सार्वजनिक

https://youtu.be/ibrt_hZ0XU0?list=RDibrt_hZ0XU0   काठमाडौँ । मिराज अर्यालको निर्देशनमा बहुप्रतिक्षित लोकदोहोरी गीत...

चलचित्रको सफलतामा गीतसङ्गीतको भूमिका

चलचित्रको सफलतामा गीतसङ्गीतको भूमिका

काठमाडौँ । चलचित्र क्षेत्रमा सक्रिय कलाकर्मीहरूले दर्शकलाई चलचित्र भवनसम्म ल्याउन...