back
CTIZAN AD

‘मिस तामाङ’को पहिलो छनोट सकियो

वि.सं.२०७३ पुस २४ आइतवार

1K 

shares

unnamed

काठमाडौं । तामाङ कला, संस्कृति एवं भाषालाई उजागार गर्ने उद्देश्यले आयोजना हुन लागेको दसौँ मिस तामाङको पहिलो छनोट प्रक्रिया सम्पन्न भएको छ । काठमाडौंको लाजिम्पाटस्थित एम्बेसी रेस्टुरेन्टमा हिजो आयोजना भएको छनोट प्रक्रियामा ३८ जनाको सहभागिता रहेको थियो । प्रतियोगिताका लागि ४१ जनाले फराम भरेको आयोजकका अध्यक्ष रञ्जिता ब्लोनले बताइन् ।
एभरेस्ट फेसन होमका अध्यक्ष ब्लोनको अध्यक्षतामा सम्पन्न सो छनोट प्रक्रियामा निर्णायकहरु संगीतकार मिलन मोक्तान, गायक संजोक योञ्जन, गायिका सुनिता दुलाल, २०१२ को मिस तामाङ विजेता सुमी मोक्तान, २०१२ कै फस्ट रनरअप विनिता तामाङ, म्हेन्दो माया गायक रोशन फ्युबा तामाङ र समाजसेवी तथा व्यवसायी शम्भु मोक्तान रहेका थिए ।
सहभागीहरु क्रमशः देबु लामा सिन्धुपाल्चोक, कोपिला घलान हेटौँडा, विनिता तामाङ काठमाडौं, पिंकी तामाङ घिसिङ काठमाडौं, रोजिना लामा सिन्धुपाल्चोक, रीता लामा थिङ धादिङ, मनीषा तामाङ रामेछाप, अस्मिता लामा काठमाडौं, श्रीयम तामाङ काठमाडौं, ललिता तामाङ काठमाडौं, चन्दा तामाङ सिन्धुपाल्चोक, पुनम तामाङ चितवन, मनीषा ब्लोन मकवानपुर, रितु गोले तामाङ रामेछाप, दक्षिणा लामा जनकपुर, जयमाया तामाङ काभ्रे, स्मारिका तामाङ काभ्रे, अस्ना लामा झापा, सरला तामाङ धरान र मैना लामा नुवाकोटका छन् ।
त्यसैगरी रुपमाया लामा काभ्रे, मञ्जु तामाङ काभ्रे, कुमारी तामाङ काठमाडौ, अन्जना तामाङ लमजुङ, दिक्षकिरण लोप्चन काठमाडौं, विपना घिसिङ रामेछाप, गंगा पाख्रिन तामाङ धादिङ, फूलमाया मोक्तान काठमाडौं, अस्मिता बल रंगपुर, आस्मा लामा ललितपुर, साङ्मो बोम्जन सिन्धुली, सरिता लामा ललितपुर, सितल लामा काठमाडौं, पूजा घिसिङ, करुण बल काठमाडौं, दीक्षा मोक्तान ललितपुर, उर्मिला तामाङ काठमाडौं, मिना तामाङ काठमाडौ, मिङ्क्ष तामाङ बौद्ध, सञ्जु तामाङ बौद्ध, सन्दीपा तामाङ रहेका छन् ।
पहिलो छनोटको नतिजा आएलगत्तै तालिम सुरु हुने अध्यक्ष ब्लोनले जनाएकी छन् । यो सुन्दरी प्रतियोगिता दसौँ संस्कारण २०१७ को ज्या ल्हो सोनाम ल्होछारको उपलक्ष्यमा हुन लागेको हो । प्रतियोगिताको अन्तिम चरण आगामी माघको २२ गते काठमाडौंमा हुँदै छ । मिस तामाङ प्रतियोगिता एभरेष्ट फेसन होम र साधना कला केन्द्रले पालैपालो आयोजना गर्दै आएका छन् । यो बर्ष एभरेस्ट फेसन होमद्वारा आयोजनामा हँुदै छ । प्रतियोगिता २००६ देखि गर्दै आयोजना हुँदै आएको हो ।

वि.सं.२०७३ पुस २४ आइतवार ०६:२६ मा प्रकाशित

सुतिरहेकै अवस्थामा पहिरोमा परी लालवीर छन्त्यालको मृत्यु, एकजनाको उद्धार

सुतिरहेकै अवस्थामा पहिरोमा परी लालवीर छन्त्यालको मृत्यु, एकजनाको उद्धार

गण्डकी । पहिरोमा परी म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली, चिनाखेतका ७०...

वनस्पति उद्यानभित्र नक्षत्र, राशि र ग्रह अनुसारको वृक्षरोपण सुरु 

वनस्पति उद्यानभित्र नक्षत्र, राशि र ग्रह अनुसारको वृक्षरोपण सुरु 

जनकपुरधाम । पछिल्लो समय पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै गएको धनुषाधाम...

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सर्पले टोकेर २९ वर्षीय युवकको मृत्यु

सुदूरपश्चिम । कैलालीको कैलारी गाउँपालिकामा सर्पले टोकेर एक युवकको मृत्यु...

भजनमा रमाउँदै युवा

भजनमा रमाउँदै युवा

चितवन । केही वर्षअघिसम्म भजनकीर्तन भनेपछि धेरैको मनमा उमेर ढल्किएका...

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

वीरगन्ज (पर्सा) । नेपाल चिकित्सक सङ्घले शनिबार वीरगन्जस्थित नारायणी अस्पतालमा...

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

काठमाडौँ । “एक फरक मुसाफिर हुँ म मेरो दुनियाँ अरूको...