back
CTIZAN AD

आगलागीले तीन घरपरिवारको बिचल्ली दशैं खल्लो

वि.सं.२०७७ कात्तिक ८ शनिवार

696 

shares

 ८ कार्तिक , काठमाडौं । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका वडा नं ४ पटगाउँबेंसीमा आज बिहान विद्युत् चुही आगलागी हुँदा तीन घरपरिवारको घरसहित सबै सामान नष्ट भएको छ । स्थानीयवासी श्याम तामाङ, बुद्ध तामाङ र सुरेश तामाङको ढुङ्गामाटाको तीनतले घरमा आगलागी हुँदा नगद, गरगहना, लत्ताकपडा र अन्नपात सबै जलेको छ ।

स्थानीय बासिन्दा सङ्ग्राम तामाङका अनुसार बिचल्लीमा पर्नुभएका उहाँहरुलाई छिमेकीका सहयोगमा बसोबासको ब्यवस्था मिलाइएको छ । सुरेशका घरबाट आगलागी शुरु भएको जनाइएको छ ।

वडाध्यक्ष लालबहादुर श्रेष्ठले तीन घरपरिवारको बसाइ व्यवस्थापनमा वडा कार्यालयले सहजीकरण गरिरहेको बताए । ‘अन्नपात सबै जलेर नष्ट भएका कारण हामीले तत्कालका लागि खाद्यान्न र त्रिपालको व्यवस्थापन गरेका छौंँ ।’
रासस

वि.सं.२०७७ कात्तिक ८ शनिवार १९:०४ मा प्रकाशित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले...

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौँ । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्...

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन...

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

आइसीसी विश्वकप क्रिकेट लिग–२ : टस जितेर ब्याटिङ गर्दै स्कटल्यान्ड

आइसीसी विश्वकप क्रिकेट लिग–२ : टस जितेर ब्याटिङ गर्दै स्कटल्यान्ड

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग–२ मा अमेरिकाविरुद्धको खेलमा स्कटल्यान्डले...