back
CTIZAN AD

मनास्लु ‘अ होम फर फ्यूचर लिडर ’

वि.सं.२०७७ कात्तिक ८ शनिवार

918 

shares

अजय खत्रीबाट
नेपालमा ब्यबशायिक क्षमता मात्र होइन, राजनैतिक क्षेत्रमा पनि नेतृत्वको स्तरीयता खट्कि रहेको छ । ब्यबशायमा हेर्दा जताततै कम्पनी नै कम्पनी खुलेका छन र राजनीतिमा पनि घरैपिच्छे नेता भरीभराउ छन तर बर्तमान बिश्वलाइ बुझेर सोच्ने, योजना बनाउने र ब्यबहारमा देखाउने नेतृत्वको कमि भै रहेकै छ । राजनीतिमा त कथनी र करणीको झनै ठुलो खाडल छ ।

यहि अभावलाइ ध्यान पुयाउदैछ काठमाण्डौको एउटा कलेजको टिमले । नेपालको शैक्षिक क्षेत्रमा फरक सोच र उद्देश्यका साथ क्रियाशिल मनास्लु टिम अफ इन्टरप्रिनिअरले आफ्नो शैक्षिक गतिविधिहरु संचालन गर्दै आएको छ । सुरुवाति दिनहरुमा विभिन्न शैक्षिक संथाहरुमा अध्यापन गराउदै आएका युवाहरुले स्वावलम्वि र सिपमुलक दक्ष विद्यार्थिहरु उत्पादन गर्ने उद्देश्यले प्राक्सिस इन्टरनेशनल एकेडेमी, पाईनर पब्लीक स्कुलहुदै मनास्लु वल्ड कलेजको स्थापना गरेका छन् । कलेजले जस्तो रोप्यो त्यस्तै फल्छ भन्दै आफ्नो प्रमुख नारा नै ‘अ होम फर फ्यूचर लिडर ’ बनाएको छ ।

प्राक्सिस इन्टरनेशनल एकेडेमीको स्थापना
वि स २०६० साल बाट शैक्षिक क्षेत्रमा लागेका गेन्द्र लामाले चार वर्ष सम्म विभिन्न शैक्षिक संथानहरुमा अध्यापन गराए । आफ्नो सोच र शैक्षिक गतिविधिको आफ्नो अवधारण अनुसार अरु व्यक्तिहरुले संचालन गरेकोमा शिक्षकको रुपमा मात्रै रहदा आफ्नो सोचको कदर नहुने र श्रमको मुल्याङकन नहुने देखेर उनले आफुलेनै नेतृत्व गरेर भुवनेश्वर पब्लिक स्कुललाई लिए । उनले त्यस स्कुलको नाम परिवर्तन गरि प्राक्सिस इन्टरनेशनल एकेडेमीको नाममा वि स २०६५ बाट आफ्नै शैक्षिक संस्थाको संचालन सुरुवात गरे । उनले गुणस्तरिय शिक्षामा सबैको पहुच पु¥याउने उद्देश्यका साथ शैक्षिक संस्थानको सुरुवात गरे ।

समय सापेक्ष र नेपालको परिवेश सुहाउदो शैक्षिक गतिविधि संचालन गर्नको लागि उनले प्राक्सिस इन्टरनेसनल एकेडेमीको सुरुवात गरे । जहा हुदाखाने र हुने खाने दुबै वर्गका अभिभावकले आफ्ना छोराछोरी पढाउन सकुन भन्ने नै प्रमुख उद्देश्य रहेको छ । हुदाखाने वर्गका व्यक्तिहरुलाई केहि हदसम्म सुलभ बनाएर भएपनि गुणस्तरिय शिक्षा प्राप्तीबाट कसैलाई बन्चित नगराउने पनि प्राक्ससको अर्को उद्देश्य रहेको छ । उनि भन्छन् “शिक्षाप्राप्ति पश्चात विद्यार्थिहरु बजारमा बिक्ने बानाउननै प्राक्सिसको प्रमुख उद्देश्य रहेको छ । सोहि अनुरुप नै प्राक्सिसले विद्यार्थिहरुलाई समय सापेक्ष र जवनोपयोगि सिपमुलक बनाउने प्रमुख उद्देश्य राखेर संचालन गरिएकोे हो । ” विषेश गरि राजधानिमा अहिले च्याउ सरि रहेका प्राईभेट विद्यालयहरु जसले सेवामुखि हुनुको अलवा मुनाफालाई प्राथमिकता दिईरहेको अवस्था मनन गर्दै व्यवहारीक शिक्षामा सबैको पहुच पु¥याउने उद्देश्यका साथ फरक पहिचानका लागी प्राक्सिसको स्थापना भएको हो ।

प्राक्सिस हुदै मनास्लु वल्ड कलेज
प्राक्सिस संचालनको अनुभव तथा त्यसको सफलताको जगमा रहेर मनास्लु टिम अफ इनटरप्रिनरले मनास्लु वल्ड कलेजको स्थापना गरेको छ । प्राक्सिसले कक्षा १० सम्म विद्यार्थिलाई समय सापेक्ष र स्वावलम्बि बन्ने शिक्षा प्रदान गर्दै आएकोमा मनास्लु कलेजको स्थापना गरि कक्षा ११ र १२ संचालन गरिदै छ । जहा विद्यार्थिहरुको विशेष क्षमताको पहिचान गरि सोहि अनुरुप नै उनिहरुको क्षमता विकासको मार्ग निर्देशक बन्ने उद्देश्यका साथ मनास्लु टिम अफ इन्टरप्रिनरले नै मनास्लु वड कलेज संचालनमा ल्याएको छ । अब प्राक्सिस र मनास्लुको प्रोडक्ट उच्चसिपका साथ बजारमा बिक्न सक्ने र उनिहरुले आफ्नो शैक्षिक संस्थाप्रति गर्वगर्न सक्ने ठाउ बनाउने नै मनास्लु टिम अफ इन्टरप्रिनरको उद्देश्य रहेको छ । डेढ दशक देखिको शैक्षिक अनुभव भएकाले आफुहरुको स्वावलम्वि विद्यार्थि उत्पादन गर्ने उद्देश्यमा मनास्लुले अर्को एक खुट्किलोको कामगर्ने पनि लामाको विश्वास रहेको छ ।

यसरी भयो मनास्लु टिम अफ इनटरप्रिनिअरको स्थापना
लामा स्वयमको लामो शैक्षिक अनुभव र रिसर्चले मनास्लु टिम अफइनटरप्रिनिअरको स्थापना भयो । उनि लगायत पाईनर एकेडेमिका प्रिन्सीपल राजन श्रेष्ठ, सन्तु खड्का लगायत अन्य शैक्षिक क्षेत्रमा नयाँपन दिएर शिक्षालाई व्यवहारिक र सिपमुलक वनाउने उद्देश्य बोकेका व्यक्तिहरुको भेटले नै यो टिमको स्थापना गरायो । जसको मातहतबाट नै अहिले प्राक्सिस इनटरनेसनल एकेडेमि र मनास्लु वड कलेज संचालनमा रहेको छ । आगामि दिनमा उक्त कम्पनिले शैक्षिक क्षेत्र बाहेक होटल, ट्राभल एण्ड टुरिज कन्सलटेन्सि र सिटिईभिटि संग सम्वन्धित अन्य शैक्षिक संस्था संचालन गर्ने योजना बताएको छ ।

बिध्यार्थीको रुचि र क्षमतामानै जोड दिने
मनास्लु वल्ड कलेज स्थापना गर्नुपुर्व अध्यक्ष लामा र कलेजका प्रिन्सिपल राजन श्रेष्ठले नेपालको परिवेस सुहाउदो र शिक्षालाई जिवनोपयोगि बनाउन धेरै अनुसन्धान गरे । लामो समयको अनुसन्धान पश्चात मनास्लु वल्ड कलेजको स्थापना भएको हो । नेपालमा सैद्धान्तिक विषयमा मात्र बढि प्राथमिकता दिएर अङक प्राप्तिका लागि मात्र कलेजहरुले शैक्षिक गतिविधि संचालन गरिरहेको अवस्थामा शिक्षालाई व्यवहारिकरण गर्ने उद्देश्य राखि मनास्लु वल्ड कलेजले परम्परागत शैक्षिक प्रणालिलाई अन्त्य गरेर व्यवहारिक शिक्षालाइ प्राथमिकताका साथ अघि वढाउने उद्देश्य राखेको छ । मनास्लुले विद्यार्थिको क्षमता जुन क्षेत्रमा छ त्यहि पक्षलाई प्राथमिकता दिएर त्यसमा नै विद्यार्थिलाई क्षतावान बन्न मार्ग निर्देशकको भुमिका खेल्ने भनेको छ ।

मनास्लु कलेजले पाठ्यक्रम बाहेकका व्यवहारिक शिक्षालाई प्रमुख प्राथमिकतामा जोड दिदै विभिन्न देशका भाषा कक्षा, सिटिईभिटिका कोर्स, व्यक्तित्व विकास सङग सम्बन्धित तालिम , शिक्षा र सिप सङगको सम्बन्धलाई प्राथमिकतामा राखेको छ । सर्टीफिकेट प्राप्तीकाु लागि मात्र नभई उच्चशिक्षा हासिल गरे पश्चात विद्यार्थिहरु सिपमुलक बनि बजारमा विक्नसक्ने बनाउने र स्वावलम्वि बनाउनेमा नै कलेजले जोड दिएको छ । कलेजहरुले बिद्यार्थिलाई अनुशासित बनाउने नाममा डिआई राखेर बिद्यार्थिलाई मानशिक तनाब दिने गरेको प्रचलन पनि मनास्लुले तोड्ने भएको छ । कलेजले विद्यार्थिसङग निरन्तर सम्पर्कमा रहेर उनिहरुको मनोविज्ञान, रुचि चाहाना र आवश्यकता पहिचान गर्न सहयोगि वन्न र सोहि अनुरुप कामगर्न काउन्शिलर राख्ने भएको छ ।

सफलताको पाठ सिकाउन मनास्लु
हरेक असल मानिस सफल हुन सक्छ तर हरेक सफल मानिस पनि असल हुन नसक्ने कुरा विद्यार्थिलाई सिकाउने उद्देश्य कलेजको छ । कुनै व्यक्तिले नगन्य सम्पति कमाउनुमात्र सफलहुनु नभई उक्त व्यक्तिको बोलि, व्यवहार र आचरण असल नभएमा उ जिवनमा सफल हुन सक्दैन त्यसैले मनास्लुले व्यक्तिलाई सफलका साथ साथै असल बनाउन पनि सिकाउने भनेको छ । असल सस्ंकार र आचरणको प्रदर्शन गर्न सकेन भनि सर्टिफिकेटमा मात्र शिक्षित देखाएर जिवन सार्थक हुन नसक्ने भएकाले असल सफल व्यक्ति उत्पादन गर्न मनास्लुले सहयोग गर्ने छ । त्यस्तै सुख र खुसिको फरक विद्यार्थि छुट्टाउन सक्ने वातावरण पनि मनास्लुले सृंजना गर्ने छ । धन सम्पतिले जिवनमा सुख त दिन्छ तर खुसि हुन नसक्ने भएकाले खुसिहुन सक्ने शिक्षादिने आफुहरुको उद्देश्य रहेको अध्यक्ष लामाले बताएका छन ।
यसैगरी पैसा नभएकै कारणले क्षमता भएका कोहिपनि विद्यार्थिले शिक्षाबाट बन्चित नहुन भन्ने उद्देश्यका साथ विपन्न र गरिविका रेखामुनि रहेका व्यक्तिहरुको पनि शिक्षामा पहुच पु¥याउन विशेष व्यवस्था कलेजले गरेको छ । विद्यार्थिमा केहि गर्ने इच्छा र क्षमता भएमा त्यस्ता विद्यार्थिले सहुलियत पाउने भएका छन् । स्तरिय शिक्षाको लागि बानेश्वर र बागबजार नै जानुपर्ने बाध्यकारी अवस्थाको अन्त्य मनास्लुले गराउने भएको छ ।

सागर थापा मनास्लुका ब्याण्ड एम्वसडर
सागर थापा खेलकुद क्षेत्रको प्रतिनिधित्व गर्ने व्यक्ति भएको र खेलकुद पनि शिक्षाको एउटा अभिन्न अङग रहेको कुरा देखाउन सागर थापालाइ बण््ड एम्वसडरको रुपमा कलेजले अनुबन्ध गरेको छ । शिक्षालाई व्यवहारिकरण गर्ने कलेजको प्रमुख उद्देश्यलाई चित्रित गर्न पनि यस कदमले सहयोग गर्ने कलेजको विश्वास छ । शिक्षा प्राप्ति गर्नुभनेको डक्टर, पाईलट, ब्याङकर र इन्जिनियर बन्नको लागि मात्र नभई शिक्षा र खेलकुद,कला,साहित्य लगायतका बहुआयामिक क्षेत्रमा पनि सम्बन्ध रहेकोले शिक्षाको महत्व हरेक क्षेत्रमा देखाउने उद्देश्य पनि कलेजको रहेको छ ।

वि.सं.२०७७ कात्तिक ८ शनिवार १९:५९ मा प्रकाशित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले...

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौँ । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्...

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन...

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

आइसीसी विश्वकप क्रिकेट लिग–२ : टस जितेर ब्याटिङ गर्दै स्कटल्यान्ड

आइसीसी विश्वकप क्रिकेट लिग–२ : टस जितेर ब्याटिङ गर्दै स्कटल्यान्ड

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग–२ मा अमेरिकाविरुद्धको खेलमा स्कटल्यान्डले...