back
CTIZAN AD

एलियन बारे नयाँ खोज, वैज्ञानिक भन्छन् – हजार बढि ताराबाट एलियन हामीलाई निगरानी गरिरहेका छन्

वि.सं.२०७७ कात्तिक १० सोमवार

945 

shares

काठमाडौं । वैज्ञानिकले यस्ता १ हजार बढि ताराको पहिचान गरेका छन् जसबाट एलियन हामीलाई ध्यान दिईरहेका छन् ।

वैज्ञानिकको खोज अध्ययनअनुसार त्यस्ता १ हजार ४ तारा भेटिएका छन् जहाँ जीवनको उत्पत्ति र विकास सम्भव छ । यीनै ताराबाट एलिएन हामीमाथि नजर राखिरहेका वैज्ञानिकको निष्कर्ष छ ।

हामीलाई बिना दुरबीन हेर्न सक्छन्

खोज टिमकी एक वैज्ञानिक लिजा कल्टेनेगर एलिएनले हामीले विभिन्न ताराहरुको सहायताबाट सहज रुपमा हेरिरहेको बताउँछिन् । उनका अनुसार उनीहरुले हामीमाथि गरेको निगरानीको लक्षण पृथ्वीको वायुमण्डलमा बेला–बेला देखिन्छ ।

उनका अनुसार आकाशमा यी ताराहरु मध्ये केही तारा हामी दुरबिन र टेलिस्कोप बिना नै देख्न सक्छौं । यी सबै ताराहरु पृथ्वीबाट ६२६ प्रकाश वर्षको दायराभित्र छन् । केहि ८.५ पीसीको दुरीमा छन् । दुरी कम भएको कारण उनीहरुले हामीलाई सहज निगरानी गरिरहेको खोज टिमकी वैज्ञानिक लिजाको बुझाई छ ।

तथापी, अलग–अलग धारणा

एलियनको उपस्थितिलाई लिएर वैज्ञानिकबीच आजसम्म पनि अलग–अलग धारणा छ । कतिपयले यी विषयलाई पूर्णं स्वीकार गर्दैनन् । तथापि ब्रहाम्णमा हामीबाहेक अन्य पनि जीवित प्राणी हुनसक्नेमा भने सबै एकमत छन् ।

आकाश गंगामा १०० अर्बदेखि ३०० अर्ब ताराहरु छन् । खलोगविद्हरुले हालसम्म १० करोड ताराको मात्रै केहि अध्ययन गरेका छन् । जसमा एलियनको उपस्थितिबारे उनीहरुले थुप्रै प्रमाणहरु जुटाएका छन् । एजेन्सीको सहयोगमा

वि.सं.२०७७ कात्तिक १० सोमवार १६:४७ मा प्रकाशित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...