back
CTIZAN AD

दशैको दिन पोस्ट गर्न नसकेको यस्तो थियो पीडा

वि.सं.२०७७ कात्तिक ११ मंगलवार

801 

shares

कोरोना महामारिकै विचमा यसबर्षको दशै मनाईयो । शुभकामना र खुशि बाँडने कुरामा कुनै कमि भएजस्तो लागेन तर एउटा सानो घट्नाले मेरो दशैंलाई तरंगित बनाईदियो । नवमिको वेलुकापख वजार गर्ने क्रममा भरतपुर महानगरको नयाँ वसपार्क पुग्दा १ जोडि नेपाली नागरिक वसपार्कको उत्तरपट्टि अवस्थित चौपारीको अगाडि खुला आकाशमुनि एउटा कार्टुन र पुरानो फोमले वेरेको सानो दुलो मुनि गुजारा गरेको देखें । पत्रकार त हैन, तैपनि मनले मानेन ,नजिकै गएर पुरुषलाई भेटें । श्रीमतीलाई कानको समस्या रहेछ । देउघाट जन्म वताउने ती जोडिका १० सन्तान सवैको आ-आफ्नो घरवार भैसकेको रहेछ । आँफूसंग कुनै जग्गाको औंश नभएको वताए ।

पछि उनी पक्का सर्वहारा भएको बुझ्न मलाई कठिन परेन । दशैं कसरी मनाउनु हुन्छ भन्ने प्रश्नमा लक्ष्मीचोकमा छोराले वोलाएको छ उतै जानू पर्ला भने । धेरै सोधेर उनको घाउको खाटा उप्काउन मन लागेन । मेरो खल्तिको दशैंखर्च कटाएर दिएको दानले पनि उनको स्थाई समाधान देखिन भारि मन लिएर फर्कें ।

रातभर मन रुमल्लिरह्यो । हामिसंग ठुल्ठुला आन्दोलन र संघर्ष गरेर ल्याएको गणतान्त्रिक सरकार छ । एक्काईसौ सताब्दिको सभ्य समाज छ । सवैको लागि शिक्षा भन्ने मुलनाराका साथ सवै ब्यक्ति र परिवारलाई शिक्षित एवं आत्मनिर्भर वनाउने उद्देश्यको शिक्षा नीति लागू भैरहेको छ । अनि यहि देशमा एउटा नागरिक परिवार खुला आकाशमुनि रित्तो खल्ति र खालिपेटमा दशैं मनाउदै छ । उसकै पछाडि पट्टि देखिने गगनचुम्बि महलले उसलाई बाँस दिदैन, किनकि त्यो उसको हैन ! मेरो दयाले एकछाक खानदिएर वा एकरात सुलभ ओछ्यानमा सुत्ने सुबिधा जुटाएर उसको समस्याको स्थाई समाधान हुने पनि भएन ।

सुकुम्बासी आयोगको उसमाथि आँखा पर्ला ! अहं पत्याउदिन ! किनभने म सर्वहारा सुकुम्वासि हुं भनेर प्रमाण जुटाई आयोगसम्म पुग्ने उसको चेतनास्तर मैले देखिनँ । समाजवाद उन्मुख समाजको निर्माण गर्ने परिकल्पना गरिरहंदा यस्ता मुसाफिरहरुको तथ्याङ्क सरकारी फाईलमा नछुटोस् यस बर्षको बडादशैको उपलक्ष्यमा सबैमा शुभकामना !!!! भन्ने आालेख तयार गर्न मन लाग्यो । तर उल्लासको दिन यस्तो संवेदनात्मक विषयलाई संप्रेषण गर्न सकिनँ, तसर्थ वासी पोष्ट दशैंको उपहार स्वरुप आज ।

 

वि.सं.२०७७ कात्तिक ११ मंगलवार ०९:२५ मा प्रकाशित

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरुले विरोध...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरूपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...