back
CTIZAN AD

आन्तरिक विवाद चुलिए पछि नेकपाको केन्द्रीय समिति बैठक स्थगित

वि.सं.२०७७ कात्तिक १२ बुधवार

642 

shares

काठमाडौं । सत्तारुढ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठक स्थगित भएको छ । बैठक आगामी मंसिर १५ सम्मका लागि स्थगित गरिएको नेकपाले जनाएको छ ।

कोरोना भाइरस (कोभिड–१९)को जोखिम बढेको कारण बैठक सारिएको नेकपाको केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । बैठक मंसिर १५ देखि १७ सम्म आयोजना हुने विज्ञप्तीमा उल्लेख छ ।

गत भदौ २६ मा सम्पन्न नेकपाको स्थायी समिति बैठकले कात्तिक १५ देखि १७ गतेसम्म केन्द्रीय समिति बैठक बसाल्ने निर्णय गरेको थियो ।

बैठक स्थगितको कारण आन्तरिक कलह

सत्तारुढ नेकपाभित्र विवाद चुलिँदै जाँदा केन्द्रिय समितिका एक तिहाई सदस्यले गत भदौ दोस्रो साता केन्द्रीय समिति बैठकको माग गर्दै केन्द्रीय कार्यालय धुम्बाराहीमा हस्ताक्षर बुझाएका थिए । आन्तरिक कलह व्यवस्थापनका लागि उनीहरुले केन्द्रीय समिति बैठक बोलाइनुपर्ने माग राखेका थिए ।

जसका निमित्त स्थायी समितिले कात्तिक १५ देखि १७ गतेसम्म बैठक बस्ने निर्णय गरेको थियो । तर, पछिल्लो समय आन्तरिक विवाद झनै चुलिन थालेको छ ।

विभिन्न नियुक्ती तथा कर्णाली विवादले नेकपाभित्र विवाद चर्कदौं छ । बैठक स्थगित गरिनुलाई आन्तरिक विवादको कारण मानिएको छ ।

वि.सं.२०७७ कात्तिक १२ बुधवार १४:१० मा प्रकाशित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले...

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौँ । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्...

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन...

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...