back

ट्रम्पको घोषणालाई अदालतको अवरोध, चिनियाँ मोबाइल एपमाथि प्रतिबन्ध नलगाउन निर्देशन

वि.सं.२०७७ कात्तिक १२ बुधवार

153 

shares
RBB AD
NTC AD

काठमाडौं । अमेरिकाको एक अदालतले चिनियाँ मोबाइल एपमाथि प्रतिबन्ध लगाउन इन्कार गरिदिएको छ ।

सरकारको न्याय विभागले एपमाथि प्रतिबन्ध लगाउन गरेको प्रस्तावमाथि अदालतले स्वीकृत नदिएको हो । अदालतले प्रतिबन्ध लगाउनुको पछाडि कुनै ठोस कारण नभएको स्पष्ट पारेको छ ।

गत अगष्ट ६ मा राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ मोबाइल एपमाथि प्रतिबन्ध लगाउने घोषणा गरेका थिए । जसमा विच्याट, टिकटकदेखि विभिन्न प्रकृतिका मोबाइल एप छन् ।

वी–च्याट एपका प्रयोगकर्ताले अदालतमा प्रतिबन्ध खारेजको माग गरेका थिए । जसको पक्षमा अदालतले सुनुवाई गर्दै तत्काल प्रतिबन्धको निर्णय फुकुवा गर्न आदेश दिएको हो ।

क्यालिफोर्नियाको एक अदालतले मोबाइल एपमाथि प्रतिबन्ध लगाउन सरकारसँग मनासिब कारण नदेखिएको बताएको छ । अदालतले सरकारलाई थप ठोस कारण पेस गर्न पनि निर्देशन दिएको छ । कारण पेस नगरुञ्जेलसम्मको लागि प्रतिबन्धको निर्णय फुकुवा गर्न अदालतले निर्देशन गरेको हो ।

अदालतले संविधानिक अधिकारअनुसार प्रयोगकर्ताले मोबाइल एप प्रयोग गर्न पाउनुपर्ने स्पष्ट पारेको छ । एजेन्सीको सहयोगमा

वि.सं.२०७७ कात्तिक १२ बुधवार १३:०२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
भारतले मे १० सम्ममा माल्दिभ्सबाट आफ्ना सैनिक फिर्ता गर्ने

भारतले मे १० सम्ममा माल्दिभ्सबाट आफ्ना सैनिक फिर्ता गर्ने

माले । भारत र माल्दिभ्सले शुक्रबार द्विपक्षीय उच्च–स्तरीय समूहको चौथो...

जापानमा ८५ प्रतिशत सामाजिक सञ्जालमा जानकारी दिने नियमको पक्षमा : सर्वेक्षण

जापानमा ८५ प्रतिशत सामाजिक सञ्जालमा जानकारी दिने नियमको पक्षमा : सर्वेक्षण

टोकियो । हालैको एक सर्वेक्षणले झण्डै ८५ प्रतिशत जापानी जनताले...

भारतमा लोकसभा निर्वाचन : अवलोकनका लागि २३ देशका प्रतिनिधि उपस्थित

भारतमा लोकसभा निर्वाचन : अवलोकनका लागि २३ देशका प्रतिनिधि उपस्थित

नयाँ दिल्ली । भारतको निर्वाचन आयोगले २३ देशका ‘निर्वाचन व्यवस्थापन...

संयुक्त राष्ट्रसङ्घको महासभाद्वारा मे २४ लाई ‘अन्तर्राष्ट्रिय मारखोर दिवस’का रुपमा घोषणा

संयुक्त राष्ट्रसङ्घको महासभाद्वारा मे २४ लाई ‘अन्तर्राष्ट्रिय मारखोर दिवस’का रुपमा घोषणा

संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घको महासभाले बिहीबार मे २४ लाई...

चीनमा पाँच लाखभन्दा बढी अपाङ्गता भएका व्यक्ति नयाँ रोजगारीमा संलग्न

चीनमा पाँच लाखभन्दा बढी अपाङ्गता भएका व्यक्ति नयाँ रोजगारीमा संलग्न

बेइजिङ । चीनमा सन् २०२३ मा सहरी क्षेत्रमा एक लाख...

राष्ट्रपति सिद्वारा चीनमा सडक दुर्घटनापछि उद्धारकार्य र सुरक्षा सुधारको निर्देशन

राष्ट्रपति सिद्वारा चीनमा सडक दुर्घटनापछि उद्धारकार्य र सुरक्षा सुधारको निर्देशन

बेइजिङ । चिनियाँ राष्ट्रपति सि जिनपिङले दक्षिणी चीनको गुआङडोङ प्रान्तमा...