back
CTIZAN AD

ट्रम्पको घोषणालाई अदालतको अवरोध, चिनियाँ मोबाइल एपमाथि प्रतिबन्ध नलगाउन निर्देशन

वि.सं.२०७७ कात्तिक १२ बुधवार

612 

shares

काठमाडौं । अमेरिकाको एक अदालतले चिनियाँ मोबाइल एपमाथि प्रतिबन्ध लगाउन इन्कार गरिदिएको छ ।

सरकारको न्याय विभागले एपमाथि प्रतिबन्ध लगाउन गरेको प्रस्तावमाथि अदालतले स्वीकृत नदिएको हो । अदालतले प्रतिबन्ध लगाउनुको पछाडि कुनै ठोस कारण नभएको स्पष्ट पारेको छ ।

गत अगष्ट ६ मा राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ मोबाइल एपमाथि प्रतिबन्ध लगाउने घोषणा गरेका थिए । जसमा विच्याट, टिकटकदेखि विभिन्न प्रकृतिका मोबाइल एप छन् ।

वी–च्याट एपका प्रयोगकर्ताले अदालतमा प्रतिबन्ध खारेजको माग गरेका थिए । जसको पक्षमा अदालतले सुनुवाई गर्दै तत्काल प्रतिबन्धको निर्णय फुकुवा गर्न आदेश दिएको हो ।

क्यालिफोर्नियाको एक अदालतले मोबाइल एपमाथि प्रतिबन्ध लगाउन सरकारसँग मनासिब कारण नदेखिएको बताएको छ । अदालतले सरकारलाई थप ठोस कारण पेस गर्न पनि निर्देशन दिएको छ । कारण पेस नगरुञ्जेलसम्मको लागि प्रतिबन्धको निर्णय फुकुवा गर्न अदालतले निर्देशन गरेको हो ।

अदालतले संविधानिक अधिकारअनुसार प्रयोगकर्ताले मोबाइल एप प्रयोग गर्न पाउनुपर्ने स्पष्ट पारेको छ । एजेन्सीको सहयोगमा

वि.सं.२०७७ कात्तिक १२ बुधवार १३:०२ मा प्रकाशित

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...