back

सबैभन्दा ठूलो आइपिओ जारी हुँदैं

वि.सं.२०७७ कात्तिक १२ बुधवार

138 

shares
RBB AD
NTC AD

काठमाडौं । चिनीयाँ ईकमर्स कम्पनी अलिबाबाका संस्थापक ज्याकमाको आन्ट ग्रुपले हालसम्मकै ठूलो आईपिओ जारी गर्न लागेको छ । उसले जारी गर्न लागेको आईपिओको मूल्य ३४.४ बिलियन डलर बराबरको रहेको छ । यो मूल्य बुधबारको बिनिमयदरको आधारमा ४० खर्ब रुपैंयँभन्दा बढी हो ।

आन्ट ग्रुपले सो रकम बराबरको सेयर संघाई र हङकङ्का सेयर मार्केटहरुमा बिक्री गर्न लागेको अन्तराट्रिय संचार माध्यामहरुले जनाएका छन् ।

नेपालको अर्थतन्त्रको आकार भन्दा ठूलो

आन्ट ग्रुपले जारी गर्न लागेको आइपीओ नेपालको हालको अर्थतन्त्रको आकार भन्दा ठूलो हो । नेपालको अहिलेको अर्थतन्त्रको आकार ३७ खर्ब रुपैंयाँ बराबरको छ । यसरी हेर्दा सो कम्पनीले जारी गर्न लागेको आईपिओ नेपालको अर्थतन्त्रको आकारभन्दा झण्डै साढे तीन खर्बले बढीको हुनेछ ।

यस अघि गत डिसेम्बरमा साउदी अरेबियाको तेल उत्पादक कम्पनी साउदी अरामकोले २९.४ अर्ब अबेरीकी डलर बराबरको सेयर निस्कासन गरेको थियो ।

आन्ट ग्रुपले जारी गर्न लागेको आइपीओ नेपालको हालको अर्थतन्त्रको आकार भन्दा ठूलो हो । नेपालको अहिलेको अर्थतन्त्रको आकार ३७ खर्ब रुपैंयाँ बराबरको छ । यसरी हेर्दा सो कम्पनीले जारी गर्न लागेको आईपिओ नेपालको अर्थतन्त्रको आकारभन्दा झण्डै साढे तीन खर्बले बढीको हुनेछ ।

आन्ट ग्रुपले जारी गर्न लागेको सेयर भने उसको कूल मूल्यको केबल ११ प्रतिशत मात्र हो । कम्पनीको कूल सेयरको मूल्य भने ३ खर्ब १३ अर्ब डलर बराबरको रहेको छ ।

सो कम्पनीमा ज्यकमाको मात्र १७ अर्ब डलर बराबरको हिस्सा रहेको बताईएको छ । उनको सेयरको नेटवर्थ ८० अर्ब डलरको नजिक हुने तथा उनी चिनको सबैभन्दा धनी मानिस हुने छन् ।

आन्टले चिनमा अलिप्पे नामक अनलाईन पेमेन्ट सिस्टम सन्चालन गरिरहेको छ । यसका १ अर्ब ३० करोड प्रयोगकर्ताहरु रहेका छन् । तिनीरुमध्ये अधिकांस चिनीयां छन् भने बाँकी भने एसियाका ९ वटा ई–वालेट पार्टनरका प्रयोगकर्ताहरु रहेको अलिबाबाको सबैभन्ला पछिल्लो रिपोर्टमा जानाईएको छ ।

वि.सं.२०७७ कात्तिक १२ बुधवार १४:१८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
नेप्से र कारोबार दुवै घट्यो

नेप्से र कारोबार दुवै घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

सेयर बजारले २ हजार अंक नाघ्यो, कस्ले कति कमाए ?

सेयर बजारले २ हजार अंक नाघ्यो, कस्ले कति कमाए ?

काठमाडौं । आज साताको तेस्रो दिन सेयर बजारले २ हजार...

हिमालयन सेक्युरिटिजको कारोबार शुरु

हिमालयन सेक्युरिटिजको कारोबार शुरु

काठमाडौं । हिमालयन बैंकको पूर्ण स्वमित्वमा स्थापित हिमालयन सेक्युरिटिजले गत...

आईपिओ निष्काशन गर्दै दुई कम्पनी

आईपिओ निष्काशन गर्दै दुई कम्पनी

काठमाडौं । दुई कम्पनीले आईपिओ निष्काशन गर्ने भएको छ ।...