back
CTIZAN AD

पूर्वी कमाण्ड अन्तर्गतका कम्पनी कमिशनर पक्राउ

वि.सं.२०७७ कात्तिक १३ बिहीवार

828 

shares

 १३  कात्तिक, विराटनगर । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका दुई जना कार्यकर्ता पक्राउ परेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका दुई जना कार्यकर्ता पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोषकुमार खड्काको नेतृत्वमा गएको टोलीले मोरङ मिक्लाजुङ गाउँपालिका–१ स्थित बिजुलीप्रसाद तिम्सिनाको घर खानतलासीका क्रममा बुधबार साँझ उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा इलाम चुलाचुलीका १८ वर्षीय सनम भन्ने विज्ञान राई र सप्तरीको सुरुङ्गा नगरपालिका–२ का ३२ वर्षीय प्रतीक भन्ने काशीनाथ घिमिरे छन् । उनीहरुको साथबाट हातहतियार, खरखजना, बिष्फोटक पदार्थ, विप्लव समूहको दस्तावेज र बन्दोवस्तीका सामानहरु बरामद भएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धान र सोधपुछ गर्दा पक्राउ परेकामध्ये काशीनाथ घिमिरे विप्लव नेतृत्वको नेकपा पूर्वी कमाण्ड मेची/कोशी व्यूरो चौथो कम्पनीका कम्पनी कमिशनर (पूर्व सप्तरी जिल्ला सेक्रेटरी )र विज्ञान राई पार्टीको साधरण सदस्य रहेको देखिएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए । रासस

वि.सं.२०७७ कात्तिक १३ बिहीवार ११:३० मा प्रकाशित

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...

दश महिनामा तीन अर्ब ६१ करोड राजस्व सङ्कलन

दश महिनामा तीन अर्ब ६१ करोड राजस्व सङ्कलन

भद्रपुर (झापा) । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष...

व्यावसायिक किवीखेतीमा जुट्दै खावाका किसान

व्यावसायिक किवीखेतीमा जुट्दै खावाका किसान

भोजपुर । यहाँको टेम्केमैयुङ गाउँपालिका–५ खावामा किवीखेती विस्तार भइरहेको छ...

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँको लेदुवा खोलामा...

पाथीभराको भेटी एक करोड छ लाख

पाथीभराको भेटी एक करोड छ लाख

फुङ्लिङ (ताप्लेजुङ) । पाथीभरा देवीस्थानमा एक महिनामा रु एक करोड...

पाँचथरका छ विद्यालयको नतिजा ‘ननग्रेडेड’

पाँचथरका छ विद्यालयको नतिजा ‘ननग्रेडेड’

पाँचथर । हालै प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई) को मा...