back
CTIZAN AD

एक घर जल्दा १५ लाखको क्षति

वि.सं.२०७७ कात्तिक १३ बिहीवार

696 

shares

१३ कात्तिक सर्लाही । सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर–१४ लालदियरमा एक घर जलेर १५ लाख बराबरको क्षति भएको छ ।

स्थानीय रामबिहारी महतोको काठले बनेको दुई तल्ले घरमा गए राति आगलागी भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मदन कुँवरले जानकारी दिए ।

घरका व्यक्तिहरु राति नाच हेर्न गएको समयमा घरमा आगलागी भएको उनले बताए । आगलागीबाट धान, गहुँ, चामल, दाल, लत्ता कपडा, भाँडा बर्तन, टिभी, सिलाई मेसिन, दराज, सुन चाँदी लगायत घर भित्र रहेका सम्पूर्ण समान जलेर १५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, हरिवन नगरपालिकाको बारुण यन्त्र र स्थानीयको सहयोगमा आज बिहान आगो नियन्त्रणमा आएको थियो । घर पूर्ण रुपमा जलेर क्षति भए पनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । रासस

वि.सं.२०७७ कात्तिक १३ बिहीवार ११:५२ मा प्रकाशित

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरुले विरोध...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरूपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...