back

उपचाररत २३ सङ्क्रमितको अवस्था गम्भीर

वि.सं.२०७७ कात्तिक १३ बिहीवार

126 

shares
NTC AD
Global IME AD

१३ कात्तिक, बाँके । बाँकेमा रहेका दुई कोरोना विशेष आइसोलेसन अस्पतालमा उपचाररत २३ सङ्क्रमितको अवस्था गम्भीर रहेको छ ।

भेरी अस्पताल नेपालगञ्जमा १६ जना र शिक्षण अस्पताल कोहलपुरमा उपचाररत ७ गरी २३ सङ्क्रमितको अवस्था गम्भीर रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

उहाँका अनुसार, गम्भीर बिरामीमध्ये, एकजनाको भेन्टिलेटरमा र २२ जनाको आइसियुमा राखेर उपचार भईरहेको छ । भेरी अस्पतालको आइसोलेसनमा ५२ जना र शिक्षण अस्पताल कोहलपुरको आइसोलेसनमा ३४ गरी ८६ जना कोरोना बिरामीको उपचार भईरहेको छ । उपचाररत ८६ बिरामीमध्ये, २३ जना गम्भीर, ४१ जना मध्यम र २२ जना सामान्य बिरामी रहेको श्रेष्ठले बताए। बाँकेमा १७७ जना सङ्क्रमित होम आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका छन् ।

बाँकेमा हालसम्म तीन हजार ४० जनामा कोरोना सङ्क्रमण देखिएकोमा ३० जनाको मृत्यु भईसकेको छ भने दुई हजार ७१२ जना उपचार पश्चात निको भएका छन् । जिल्लामा हाल २९८ जना सक्रिय सङ्क्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए। रासस

वि.सं.२०७७ कात्तिक १३ बिहीवार १२:०७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार, को–को बने त मन्त्री ?

लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तार, को–को बने त मन्त्री ?

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिपपरिषद् विस्तार गरेका...

तेल प्रशोधन केन्द्र अलपत्र

तेल प्रशोधन केन्द्र अलपत्र

राँझा (बाँके) । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरमा स्थापित सुगन्धित...

दुर्घटना अपडेट : गम्भीर घाइतेलाई उपचारका लागि कोहलपुर पठाइयो

दुर्घटना अपडेट : गम्भीर घाइतेलाई उपचारका लागि कोहलपुर पठाइयो

दाङ । सल्यानमा आज भएको बस दुर्घटनामा परी गम्भीर घाइते...

खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण हुँदै

खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण हुँदै

भैरहवा । नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम...

सल्यानमा बस दुर्घटना हुँदा १४ जना घाइते

सल्यानमा बस दुर्घटना हुँदा १४ जना घाइते

दाङ । दाङबाट रुकुमका लागि हिँडेको यात्रुबहाक बस सल्यानको बागचौर...

फुर्सदको समयमा हस्तकलाबाट मनग्य आम्दानी गर्दै दाङका महिला

फुर्सदको समयमा हस्तकलाबाट मनग्य आम्दानी गर्दै दाङका महिला

घोराही (दाङ) । यहाँका महिला विभिन्न पेसा व्यवसायमा सरिक भएर...