back
CTIZAN AD

नगर प्रमुख कोषबाट विपन्न समुदायलाई मिल उपहार

वि.सं.२०७७ कात्तिक १३ बिहीवार

690 

shares

१३ कात्तिक, प्युठान । नगर प्रमुख कोषबाट यहाँका विपन्न समुदायलाई मिल उपहार दिइएको छ ।

प्युठान नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपतिले आफ्नो मासिक पारिश्रमिकबाट स्थापना गरिएको कोषबाट नगरपालिकाका चार विपन्न समुदायला मिल सहयोग गरेका हुन ।

प्युठान–८ धर्मावती, बाङ्गेका करीब ४० घरधुरी रहेका दलित समुदायलाई बुधबार मिल वितरण गरिएको हो । नगर प्रमुख कक्षपतिका अनुसार नगरका तीन वटा वडाका माझकोट, धर्मावतीको बाङ्गे, तिखाचुली र जुम्रीका दलित समुदायलाई मिल उपलब्ध गराइएको हो । विपन्न तथा पछाडि परेका समुदायको उत्थानका लागि नगरपालिकाले पहिलो प्राथमिकता दिएको जनाउँदै नगर प्रमुख कक्षपतिले भने, “जनताका सपना पूरा गर्न बाँकी छ, हामी जनमैत्री शासनको अभ्यासमा सक्दो प्रयास गरिरहेका छौंँ ।”

कुटानीपिसानीका लागि दैनिक चार घण्टा बढी खर्चिनुपर्ने बाध्यता टर्ने स्थानीयवासीले बताएका छन् । विद्यालय छुटाएर नातिनातिनालाई मिलमा पठाउनुपर्ने बाध्यता हटेको ६५ वर्षीया पिमा नेपालीले बताए। त्यसैगरी नगर प्रमुख कक्षपतिले आफ्नो पारिश्रमिक कटाई संकलन गरेको प्रमुख कोषबाट रु एक लाख ४८ हजारको कम्बाइन मिल उपहार प्रदान गरेका छन।

उनले धर्मावतीको दम्तीमा मन्दिर निर्माणका लागि रु २५ हजार, वडा नं १ तल्लो क्वाडीको प्रतीक्षालयका लागि रु २५ हजार, वडा नंं ४ विजुवार हल्दीखोला निवासी विपन्न तथा रोगी चत्तुरसिं नेपालीलाई औषधोपचारका लागि रु ४० हजार पनि सहयोग गरेका छन । रासस

वि.सं.२०७७ कात्तिक १३ बिहीवार १२:२५ मा प्रकाशित

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण...

घरवासको आनन्द लिन रामकोट जाने कि !

घरवासको आनन्द लिन रामकोट जाने कि !

रामकोट (बन्दीपुर) । तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका...

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखाको पाँचौ वार्षिक...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी । लुम्बिनी प्रदेशका तराईका जिल्लामा चैते धानखेतीमा किसानको आकर्षण...