back
CTIZAN AD

धौलागिरि अस्पताल स्तरवृद्धिका लागि जग्गा अभाव

वि.सं.२०७७ कात्तिक १३ बिहीवार

726 

shares

१३ कात्तिक, बागलुङ । कहिले भवन अभाव त कहिले जनशक्ति अभाव खड्कँदै आएको धौलागिरि अस्पताल बागलुङलाई स्तरोन्नति गरी उप–प्रादेशिक अस्पताल बनाउन जग्गाको अभाव भएको छ ।

तत्काल भौतिक संरचना र जेनतेन जनशक्तिका कारण गुणस्तरीय सेवा दिँदै आएको अस्पताल स्तरवृद्धिका लागि जग्गा अभाव भएको हो । गण्डकी प्रदेश सरकारले साविक धौलागिरि अञ्चल अस्पताललाई स्तरवृद्धि गर्नका लागि हाल धौलागिरि अस्पताल नामकरण गरेको छ । आर्थिक वर्ष २०७७/ ७८ को वार्षिक बजेटमा गण्डकी प्रदेश सरकारले प्रादेशिक अस्पताल पोखरा र उप–प्रार्देशिक अस्पताल बागलुङ बनाउने गरी नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो ।

सोहीबमोजिम ५० शैयामा सञ्चालन रहेको धौलागिरि अस्पताल बागलुङलाई २०० शैयामा स्तरवृद्धि गर्नका लागि बजेटसमेत विनियोजन भइसकेको छ । तर धौलागिरि अस्पताल बागलुङमा अस्पतालको स्तरवृद्धिका लाथि थप जग्गा आवश्यक पर्ने देखिएको छ । बागलुङ बजारको मुटुमा रहेको धौलागिरि अस्पताल हाल २५ रोपनी जग्गाबाट सञ्चालनमा आएको भए पनि तीन ब्लकका ठूला भवन, डाक्टर तथा स्वास्थ्यकर्मी आवास, प्रशासन, पोषण गृह जस्ता भवनले अस्पतालको धेरै जग्गा प्रयोगमा आइसकेकाले अस्पताललाई थप २० रोपनी जग्गा आवश्यक भएको धौलागिरि अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले जानकारी दिए।

“उप–प्रादेशिक अस्पताल बनाउन अस्पतालको जग्गाले पुग्दैन, करिब २० रोपनी जग्गा आवश्यक हुन्छ” मगरले भने “बुधबार बागलुङ जिल्लाका सांसद, राजनीतिक दल तथा सरोकारवालासँगको छलफलले जग्गा छनोट गर्ने समिति गठन गरेका छौँ ।”

मगरका अनुसार धौलागिरी अस्पतालको पूर्वतर्फ रहेको फ्युचर ब्राइटर बोर्डिङ, हुलाक कार्यालयको जग्गा र घरेलुको जग्गा व्यवस्थापन गर्न सकेमा अस्पताललाई भविश्यमा स्वास्थ्य विज्ञान प्रतिष्ठान गराउनसमेत जग्गा पुग्नेछ । अस्पताल र सरोकारवालाले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी रानामगरको संयोजकत्वमा पाँच सदस्यीय जग्गा खोज समिति गठनसमेत गरेको छ । समितिले आवश्यक जग्गा विकल्पसहित अध्ययन प्रतिवेदन एक महिनाभित्र बुझाइसक्नुपर्ने छ ।

बुधबारको सरोकारवालाहरुको छलफलमा बोर्डिङको जग्गा खरिद गर्ने र हुलाक तथा घरेलु कार्यालयको जग्गा प्राप्ति गर्ने, पाँच किलोमिटर क्षेत्र भित्र जग्गा खरिद गर्ने तथा अस्पतालमा भएको आवास अन्यत्रै लैजाने र हाल भएको जग्गामा बहुतला भवन बनाउने जस्ता विकल्पसहितका सुझाव आएका थिए । तत्कालका लागि अस्पतालले दुई स्थानबाट सेवा दिने अवस्था राम्रो नभएको भन्दै अस्पताल आसपास भएको जग्गा खोज गर्नु नै उपयुक्त हुने अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा शैलेन्द्र बी पोखरेलले जानकारी दिए।

अस्पताललाई २०० शैयाको बनाउन थप २० रोपनी जग्गा व्यवस्थापन निकै चुनौतीपूर्ण रहेको छ । अस्पताललाई २०० शैयाको बनाउन गण्डकी प्रदेश सरकारले रु एक करोड विनियोजन गरेको र तत्कालै स्तरवृद्धिको काम थालनुपर्ने गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख डा रामबहादुर केसीले जानकारी दिए ।

“गण्डकी प्रदेश पोखरा पछिको ठूलो अस्पताल निर्माणका लागि अहिले बागलुङकै धौलागिरी अस्पताल स्तरवृद्धि गर्ने योजनानुसार बजेट आइसकेको छ” डा केसीले भने, “अस्पतालमा जग्गा अभाव देखिएको छ, यहाँका सरोकारवाला निकायले तत्कालै जग्गा प्राप्तिको पहल गरिनुपर्दछ ।” रासस

वि.सं.२०७७ कात्तिक १३ बिहीवार १२:४० मा प्रकाशित

आचार्यको तरबुजाखेती अरुका लागि प्रेरणा

आचार्यको तरबुजाखेती अरुका लागि प्रेरणा

गण्डकी । बर्सेनि उब्जाउयोग्य जमिन बाझिँदै गरेका अवस्थामा कास्कीको पोखरा...

विजयपुर खोला किनारमा तरबुजाखेती, भनेजस्तै आम्दानी

विजयपुर खोला किनारमा तरबुजाखेती, भनेजस्तै आम्दानी

गण्डकी । पोखरा महानगरपालिका–१३ बगरकोट कसेरीस्थित विजयपुर खोलाको किनारमा गत...

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दीको गाजनेमा व्यावसायिक स्याउखेती

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक...

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको अन्नपूर्ण...

बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै

बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै

दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–४ मा स्काइपिक एड्भेन्चर पार्क लिमिटेडले...