back
CTIZAN AD

च्याङ्ग्रा खसी नआएपछि तरकारी र फलफूलको बलि दिएर दशैँ मनाइयो

वि.सं.२०७७ कात्तिक १३ बिहीवार

750 

shares

१३ कात्तिक, हुम्ला । च्याङ्ग्रा खसी नआएपछि स्थानीय बासिन्दाले तरकारी (आलु, फर्सी, करेला, प्याज, काँक्रो, मुला, स्याउ) आदि काटेर दुर्गा भवानीका लागि बलि दिएका छन् ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण जिल्लाका विभिन्न नाका बन्द भएपछि खसीको अभाव देखिएको हो । विगतका वर्षमा जिल्लाको उत्तरी नाका हिल्साबाट च्याङ्ग्रा जिल्लामा भित्रिने गरिएको थियो भने यस वर्ष च्याङ्ग्रा ल्याउने कार्य ठप्प भएका छन् ।

उत्तरी नाकाबाट खसी आयात हुन नसकेपछि छिमेकी जिल्ला बझाङ, बाजुरा र दार्चुलाबाट भने केही मात्रामा लोकल खसी आयात गरिए पनि उक्त खसीको मूल्य भने निकै महङ्गो भएकाले स्थानीय बासिन्दाले किन्न सकेनन् ।

उनीहरुले आफ्नै खेतबारीमा रोपेका अन्न बालिनालीको बलि दिएर दशैँ मनाइएको सिमकोट गाउँपालिका–७ निवासी जोखे सुनारले बताए। रासस

वि.सं.२०७७ कात्तिक १३ बिहीवार १३:५७ मा प्रकाशित

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

अदानचुली (हुम्ला) । हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा गएराति खसेको...

कर्णाली प्रदेश अस्पतालको ‘ओपीडी’ भवन निर्माण गरिने

कर्णाली प्रदेश अस्पतालको ‘ओपीडी’ भवन निर्माण गरिने

काक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेश अस्पतालको छुट्टै ओपिडी भवन निर्माण...

अनुमतिविना यार्सागुम्बा सङ्कलन गर्न गएका २५ जना नियन्त्रणमा

अनुमतिविना यार्सागुम्बा सङ्कलन गर्न गएका २५ जना नियन्त्रणमा

मुगु । अनुमतिविना यार्सागुम्बा सङ्कलनका लागि गएका २५ जनालाई प्रहरीले...

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

हुम्लामा पनि डेङ्गुका बिरामी फेला

अदानचुली (हुम्ला) । जिल्ला अस्पताल सिमकोटमा एक जना डेङ्गु सङ्क्रमित...

सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ

सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ

महेन्द्रनगर । सुदूरपश्चिम प्रहरीले बितेको नौ महिनाको अवधिमा यहाँ एक...

कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस

कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस

कर्णाली । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशन आह्वानका सिफारिस...