back
CTIZAN AD

धान खेतमा फालिएको अवस्थामा फेला पर्‍यो स्मार्ट लाइसेन्स

वि.सं.२०७७ कात्तिक १३ बिहीवार

657 

shares

१३ कात्तिक, धनुषा । प्रदेश नं २ को अस्थायी राजधानी जनकपुरधामको मुजेलियास्थित यातायात कार्यालयको स्मार्ट सवारी चालक अनुमतिपत्र धान खेतमा फालिएका अवस्थामा फेला परेको छ ।

यातायात व्यवस्था विभागबाट बनेर तयार भएर आएका लाइसेन्स जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित यातायात कार्यालयदेखि झण्डै दुई सय मिटर पश्चिमतर्फ रहेको खेतमा धान काट्न गएका महिलाले फेला पारेका हुन् । उनीहरुले लाइसेन्स संकलन गरेर यातायात कार्यालयलाई बुझाएका छन् ।

धानखेतमा लाइसेन्स फेला परेको स्थान देखाउँदै एक महिलाले भने, ‘बुधबार दिउँसो धान काट्न आउँदा खेतमा जताततै लाइसेन्स छरिएको अवस्थामा देख्यौंँ, सबै संकलन गरेर यातायातका कर्मचारीलाई बुझाएका छौंँ ।’ यातायात कार्यालयमा राखिएको लाइसेन्स धान खेतमा फेला परेपछि कार्यालयको सुरक्षामाथि नै प्रश्न उठेको छ ।

यातायात कार्यालय जनकपुरधामका अधिकृत वीरेन्द्र साहले लाइसेन्स धान खेतमा फेला परेको स्वीकार गर्दै तीन सय थान ज िभेटिएको जानकारी दिए । अधिकृत साहले भने, ‘कसैले गलत नियत राखेर लाइसेन्स फालेको हुन सक्छ । यसबारे जिल्ला प्रशासन कार्यालय धनुषालाई जानकारी गराएका छौंँ ।’यातायात कार्यालय जनकपुरधाममा दलाल र बिचौलियाको सहज पहुँच छ ।

तिनले लाइसेन्ससहितका कागजात बोकेर आफूखुशी ओहोरदोहोर गरे पनि यातायात कार्यालयका कर्मचारी मूकदर्शक बन्ने गरेको सेवाग्राही बताउँछन् । रासस

वि.सं.२०७७ कात्तिक १३ बिहीवार १५:३४ मा प्रकाशित

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरुले विरोध...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरूपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...