back
CTIZAN AD

कुश्मा बजारमा अत्यावस्यक बाहेक सबै सेवा एकसाताका लागि बन्द हुने

वि.सं.२०७७ कात्तिक १४ शुक्रवार

1.3K 

shares

१४ कात्तिक, पर्वत । कोरोना संक्रमण बढ्दै गएपछि पर्वतको कुश्मा नगरपालिकामा अत्यावश्यक बाहेक अन्य सेवा एक साताका लागि बन्द गरिने भएको छ ।

नगरपालिकामा कोरोना संक्रमण बढ्दै गएपछि अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिने भएको प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले संसारन्युजलाई जानकारी दिएका छन् ।

रेग्मीका अनुसार कुश्मा बजारमा कोरोना संक्रमितको संख्या बढ्दै गएको अवस्थामा नगरका ४, ५, ६ र ७ नं वडा कार्यालयहरुबाट दिइने सेवाहरु एकसाताका लागि बन्द गरिने भएको हो । साथै बजारका अत्यावस्यक बाहेक अन्य पसलहरु पनि बन्द रहने रेग्मीले बताए ।

‘यहाँका प्राय बैंकका १-२ जना कर्मचारीहरु तथा अन्यमा पनि संक्रमण देखिएपछि मास मुभमेन्ट कम गर्नका लागि एकसाताका लागि अत्यावस्यक बाहेकका सेवा बन्द गर्न लागिएको हो । वडा कार्यालयहरु खुलेपनि सेवा प्रवाह हुने छैन ।’ प्रमुख जिल्ला अधिकारी रेग्मीले संसारन्युजसँग भने ।

तस्बिरः नविन प्रसाई

वि.सं.२०७७ कात्तिक १४ शुक्रवार ०९:४७ मा प्रकाशित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले...

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौँ । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्...

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन...

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...