back
CTIZAN AD

ग्लोबल गोरखा समाजद्वारा संरक्षक समिति गठन, प्रमुख संरक्षकमा भवन भट्ट

वि.सं.२०७७ कात्तिक १४ शुक्रवार

699 

shares

१४ कात्तिक, काठमाडौं । ग्लोबल गोरखा समाजको अन्तर्राष्ट्रिय समन्वय परिषदले ७ सदस्यीय संरक्षक समिति गठन गरेको छ ।

समाजले एनआरएनए पूर्वअध्यक्ष भवन भट्ट (जापान) लाई प्रमुख संरक्षक मनोनित गरेको छ भने संरक्षकहरूमा एनआरएनए अध्यक्ष कुमार पन्त (जर्मनी), एनआरएनए संरक्षक रामप्रताप थापा (जर्मनी), सामाजिक अभियन्ता डा.विष्णुमाया परियार (अमेरिका), ग्लोबल गोरखा समाजका निवर्तमान अध्यक्ष जयप्रकाश गुरुङ (युके), एनआरएनए पूर्व विधान समितिका सदस्य हरिहर अर्याल (फ्रान्स) र एनआरएनए नैतिक पाठशालाका संयोजक कृष्ण लामिछाने (अमेरिका) लाई मनोनित गरेको छ ।

समाजले कोरोना भाईरसको कारण प्रभावित गोरखा जिल्लाका सबै ९ वटै गाउँपालिका र २ नगरपालिकालाई जनही १ लाखको स्वास्थ्य सामाग्री प्रदान गर्ने निर्णय गरेको छ ।

ग्लोबल गोरखा समाज अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष विनय अधिकारीका अनुसार स्वास्थ्य सामाग्रीको लागि आवश्यक रकम कार्य समिति, सल्लाहकार र संरक्षकहरुबाट संकलन गरिनेछ ।

त्यसैगरी, अक्टोवर २४ तारिख सम्पन्न समाजको भर्चुअल बैठकले उपाध्यक्षमा रस्मि थापा मगर (क्यानडा), कोषाध्यक्षमा आकाश बन्जारा (हङकङ) र सह-कोषाध्यक्षमा बमबहादुर गुरुङ (युके) लाई नियुक्त गरेको छ ।
बैठकले निवर्तमान महासचिव विनोद पोखरेललाई नेपालमा समन्वय गर्नेगरि ग्लोबल गोरखा समाजको संयोजकको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ ।

 

वि.सं.२०७७ कात्तिक १४ शुक्रवार १०:०८ मा प्रकाशित

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...