१४ कार्तिक, धादिङ । धादिङ बाट अवैध लागूऔषध चरेस सहित एक युवा पक्राउ परेका छन् । गजुरी गाउपालिका -७ तल्लो पेटारे का २५ वर्षीय सोमलाल तामाङलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उनलाई प्रहरीले गजुरी गाउँपालिका-६ आदमघाटस्थित सडकबाट करिब २ केजि ८ सय ग्राम अवैध लागूऔषध चरेश सहित पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले विशेष सूचनाको आधारमा तामाङलाई जाँच गरि उनिबाट झोलामा उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
वि.सं.२०७७ कात्तिक १४ शुक्रवार १३:०९ मा प्रकाशित






























