back
CTIZAN AD

सडक निर्माणको समय सकिएपछि काम थालियो

वि.सं.२०७७ कात्तिक १४ शुक्रवार

666 

shares

१४ कात्तिक, ओखलढुङ्गा । ओखलढुङ्गा–रामपुर–लप्सेखोला सडक निर्माणको थपिएको समय पनि सकिएपछि डिबिएसटी कालोपत्रे गर्न शुरु गरिएको छ । सडक कालोपत्रे गर्ने अन्तिम समयसीमा गत असोज २९ गते नै सकिएपछि ठेकेदारले बल्ल कालोपत्रेको काम थालेको हो । हाल ओखलढुङ्गा सदरमुकामको नयाँबजार आसपासबाट सडकमा कालोपत्रेको प्राइमकोट बिछ्याउने काम शुरु गरिएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको भूकम्प आपतकालीन सहायता आयोजनाअन्तर्गत निर्माण भइरहेको सो सडकको १६ किलोमिटर क्षेत्रमा कालोपत्रे गर्ने लक्ष्य लिइएको छ । २३.६२ किलोमिटर लामो सडकमा ७.६२ किलोमिटर क्षेत्रमा ग्राभेल गर्ने प्राबिधिक अनुमान रहेको छ । विसं २०७५ असार २७ मा भ्याटसहित रु २९ करोड ९९ लाख ६० हजार १० ३ लागतमा सम्पन्न गर्नेगरी गौरी पार्वती निर्माण सेवा प्रालिले कालोपत्रे गर्ने कामको जिम्मा लिए पनि समयमै काम सकेको थिएन । ठेक्का लागेको १८ महिनाभित्र सम्पन्न गर्ने सम्झौता भए पनि काम नसिकएपछि विभिन्न चरणमा समयसीमा थपिएको थियो ।

पछिल्लो समयमा भने लकडाउन र वर्षाका कारण काम प्रभावति भएको थियो । अहिले सो सडकमा कालोपत्रे गर्ने काम अगाडि बढाइएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका इन्जिनयर सरोज केसीले बताए । दसैँअघि नै सो सडकको ४ किलोमिटर क्षेत्रमा कालोपत्रे गर्ने तयारी गरिएको भए पनि दशैंको समयमा लक्ष्य अनुसारका काम गर्न नसकिएको उनको भनाइ छ ।

दशैंमा पनि लगातार काम गरेर तयारी गरिएको क्षेत्रमा ग्राभेल बिछ्याउने र बेस कोर्ष तयारी गर्ने काम भएको उनले बताए । सडक निर्माणको समयसीमा सकिएकाले थप गर्नका लागि पहल भइरहेको छ । आउँदो मङ्सिरसम्म सडक निर्माणको काम नसकिए पुसमाघमा चीसो बढ्ने र कालोपत्रे नबस्ने समस्याले चैतसम्मै पर्खनुपर्ने प्रावधिकहरुको भनाइ छ । रासस

वि.सं.२०७७ कात्तिक १४ शुक्रवार १३:०० मा प्रकाशित

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...

दश महिनामा तीन अर्ब ६१ करोड राजस्व सङ्कलन

दश महिनामा तीन अर्ब ६१ करोड राजस्व सङ्कलन

भद्रपुर (झापा) । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष...

व्यावसायिक किवीखेतीमा जुट्दै खावाका किसान

व्यावसायिक किवीखेतीमा जुट्दै खावाका किसान

भोजपुर । यहाँको टेम्केमैयुङ गाउँपालिका–५ खावामा किवीखेती विस्तार भइरहेको छ...

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँको लेदुवा खोलामा...

पाथीभराको भेटी एक करोड छ लाख

पाथीभराको भेटी एक करोड छ लाख

फुङ्लिङ (ताप्लेजुङ) । पाथीभरा देवीस्थानमा एक महिनामा रु एक करोड...

पाँचथरका छ विद्यालयको नतिजा ‘ननग्रेडेड’

पाँचथरका छ विद्यालयको नतिजा ‘ननग्रेडेड’

पाँचथर । हालै प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई) को मा...