back

मिथिला क्षेत्रमा आज जताततै पर्वको उल्लास

वि.सं.२०७७ कात्तिक १४ शुक्रवार

129 

shares
RBB AD
NTC AD

१४ कात्तिक, महोत्तरी । महोत्तरीसहित मिथिला क्षेत्रमा आज जताततै पर्वको उल्लास छ ।

हिन्दू र इस्लाम धर्मावलम्बी आआफ्ना परम्पराका पर्व मनाई रहेका हुँदा मिथिला क्षेत्रको मुटु सिङ्गो प्रदेश नं. २ भित्र नै आज पर्वको उल्लास देखिएको हो ।

हिन्दू धर्मावलम्बी आज कोजाग्रत पूर्णिमा पर्व मनाउँदैछन् । पर्व विशेषले मिथिलामा आज मखान (गहिरो पानीभित्र फल्ने फलविशेष, यसको खेती पोखरीमा गरिन्छ) र पानको कारोबार ह्वात्तै बढेको छ । हिन्दू मैथिल परम्परामा कोजाग्रत पूर्र्णिमाका साँझ पान र मखान खाने गर्दछन् । यो परम्पराले गर्दा यस भेगका प्रत्येक जसो चोकबजार क्षेत्रमा मखान र पानका पसल आज देखिएको छ ।

कोजाग्रत पूर्णिमाको राती धनधान्यकी देवी महालक्ष्मीको पूजाआराधना गरिने मैथिल परम्परा छ । रातभरी जागै बसेर महालक्ष्मीको आराधना गरिने हुँदा यो पूर्र्णिमालाई ‘कोजाग्रत’ (को जाग्न सक्छ र?) भनिएको महोत्तरीको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस) का मैथिली भाषा साहित्य विषयका उपप्राध्यापक मनोज झा बताउँछन् ।

कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मी वैकुण्ठलोकबाट पृथ्वीतलमा विचरण गर्न आउने र जुन घरका कोठाकोठामा उज्यालो वत्ती छ, त्यहाँ छिरेर धनधान्यले पूर्ण गरिदिने विश्वासले यस दिन घरघरै उज्यालो प्रकाश बाल्ने चलन छ । नगदको कारोबार गर्दा लक्ष्मी खुशी हुने विश्वासले कोजाग्रतका राति विधिकै लागि पनि मैथिल कोडा (जुवा खेलिने कौडा) हान्ने गर्दछन् ।

त्यसैगरि यस भेगमा बाक्लो बसोवास बाहुल्यताका इस्लाम धर्मावलम्बी पनि आज धर्म प्रवत्र्तक हजरत मोहम्मदको उल्लासमय वातावरणमा जन्मदिन मनाउँदैछन् । ‘मोहम्मद डे’ भनिने यस पर्वमा मिष्टान्न परिकार खाने खुवाउने र मोहम्मदका उपदेश सुन्ने इस्लाम परम्परा छ ।

इस्लाम परम्पराको हिजरी सम्वत्को रविऔव्वल महिनाको १२ तारिखका दिन हजरत मोहम्मद पैगेम्वरको सउदी अरेबियाको मक्कामा जन्म भएको इस्लाम धर्मावलम्वी बताउँछन् । रासस

वि.सं.२०७७ कात्तिक १४ शुक्रवार १५:४१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
वायु प्रदुषण अत्यधिक बढेकाले सावधानी अपनाउन अपिल

वायु प्रदुषण अत्यधिक बढेकाले सावधानी अपनाउन अपिल

काठमाडौँ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले डढेलो तथा...

५३ जिल्लाका ४३६ स्थानका बनमा आगलागी,जंगलका स्रोत जोगाउनै मुस्किल

५३ जिल्लाका ४३६ स्थानका बनमा आगलागी,जंगलका स्रोत जोगाउनै मुस्किल

प्रगति ढकाल, काठमाडौँ । डढेलोविद् सुन्दर शर्मा यही साता मङ्गोलिया...

प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-प्रेस स्वतन्त्रतामाथि नियन्त्रण हुन दिइने छैन

प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-प्रेस स्वतन्त्रतामाथि नियन्त्रण हुन दिइने छैन

  काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रेस स्वतन्त्रतामाथि कुनै...

पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेछ : प्रधानमन्त्री ‘प्रचण्ड’

पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेछ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ पत्रकार तथा अपाङ्गता...

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन : मन्त्री शर्मा

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैन : मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस तथा...

आज विश्वासको मत लिँदै मुख्यमन्त्री सोडारी

आज विश्वासको मत लिँदै मुख्यमन्त्री सोडारी

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज बस्ने प्रदेशसभाको...