back
CTIZAN AD

मिथिला क्षेत्रमा आज जताततै पर्वको उल्लास

वि.सं.२०७७ कात्तिक १४ शुक्रवार

675 

shares

१४ कात्तिक, महोत्तरी । महोत्तरीसहित मिथिला क्षेत्रमा आज जताततै पर्वको उल्लास छ ।

हिन्दू र इस्लाम धर्मावलम्बी आआफ्ना परम्पराका पर्व मनाई रहेका हुँदा मिथिला क्षेत्रको मुटु सिङ्गो प्रदेश नं. २ भित्र नै आज पर्वको उल्लास देखिएको हो ।

हिन्दू धर्मावलम्बी आज कोजाग्रत पूर्णिमा पर्व मनाउँदैछन् । पर्व विशेषले मिथिलामा आज मखान (गहिरो पानीभित्र फल्ने फलविशेष, यसको खेती पोखरीमा गरिन्छ) र पानको कारोबार ह्वात्तै बढेको छ । हिन्दू मैथिल परम्परामा कोजाग्रत पूर्र्णिमाका साँझ पान र मखान खाने गर्दछन् । यो परम्पराले गर्दा यस भेगका प्रत्येक जसो चोकबजार क्षेत्रमा मखान र पानका पसल आज देखिएको छ ।

कोजाग्रत पूर्णिमाको राती धनधान्यकी देवी महालक्ष्मीको पूजाआराधना गरिने मैथिल परम्परा छ । रातभरी जागै बसेर महालक्ष्मीको आराधना गरिने हुँदा यो पूर्र्णिमालाई ‘कोजाग्रत’ (को जाग्न सक्छ र?) भनिएको महोत्तरीको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस) का मैथिली भाषा साहित्य विषयका उपप्राध्यापक मनोज झा बताउँछन् ।

कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मी वैकुण्ठलोकबाट पृथ्वीतलमा विचरण गर्न आउने र जुन घरका कोठाकोठामा उज्यालो वत्ती छ, त्यहाँ छिरेर धनधान्यले पूर्ण गरिदिने विश्वासले यस दिन घरघरै उज्यालो प्रकाश बाल्ने चलन छ । नगदको कारोबार गर्दा लक्ष्मी खुशी हुने विश्वासले कोजाग्रतका राति विधिकै लागि पनि मैथिल कोडा (जुवा खेलिने कौडा) हान्ने गर्दछन् ।

त्यसैगरि यस भेगमा बाक्लो बसोवास बाहुल्यताका इस्लाम धर्मावलम्बी पनि आज धर्म प्रवत्र्तक हजरत मोहम्मदको उल्लासमय वातावरणमा जन्मदिन मनाउँदैछन् । ‘मोहम्मद डे’ भनिने यस पर्वमा मिष्टान्न परिकार खाने खुवाउने र मोहम्मदका उपदेश सुन्ने इस्लाम परम्परा छ ।

इस्लाम परम्पराको हिजरी सम्वत्को रविऔव्वल महिनाको १२ तारिखका दिन हजरत मोहम्मद पैगेम्वरको सउदी अरेबियाको मक्कामा जन्म भएको इस्लाम धर्मावलम्वी बताउँछन् । रासस

वि.सं.२०७७ कात्तिक १४ शुक्रवार १५:४१ मा प्रकाशित

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरुले विरोध...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरूपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...