१५ कार्तिक, उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–२ खैजनपुरमा धानमा पानी लगाउनको लागि मोटर सञ्चालन गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुने महिला त्रियुगा नगरपालिका–२ खैजनपुरकी ३८ वर्षीया रीता बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जाएको छ ।
शुक्रबार बेलुकी ४ः०० बजेतिर धानखेतमा पानी लगाउन मोटर चलाउँदा तत्कालै बुढाथोकीलाई करेन्ट लागेको थियो । करेन्ट लागेर बेहोस भई भुइँमा ढेलकी बुढाथोकीलाई उपचारका लागि जिल्ला अस्पतालमा ल्याई उपचार गर्ने क्रममा मृत्यु भएको उदयपुरका प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताए ।
बुढाथोकीको करेन्टले शरीरका भित्री र बाहिर अङ्ग जलेर कालो भएको थियो । मृतक बुढाथोकीको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको प्रहरीले बताएको छ । रासस
वि.सं.२०७७ कात्तिक १५ शनिवार १२:२६ मा प्रकाशित






























