back
CTIZAN AD

विज्ञापन कर नबुझाएको भन्दै होडिङ बोर्ड हटाउन शुरु

वि.सं.२०७७ कात्तिक १५ शनिवार

660 

shares

१५ कात्तिक, इलाम । इलाम नगरपालिकाले नगरभित्र विभिन्न स्थानमा टाँगिएका होडिङ बोर्डहरु हटाउन शुरु गरेको छ । विज्ञापन कर नबुझाउने कम्पनीका विज्ञापनयुक्त होडिङ बोर्डहरु हटाउन शुरु गरिएको नगरपालिकाले जनाएको छ ।

नगर क्षेत्रमा प्रदूषित बनाउने गरी टाँगिएको विभिन्न होडिङ बोर्ड तथा विज्ञापन हटाइएको हो । नगरपालिकाले विज्ञापन कर बुझाउन अटेर गर्ने उत्पादक, कम्पनी वा सप्लायर्सका होडिङ बोर्ड हटाउन शुरु गरेको हो ।

नगरपालिकाले गत आर्थिक वर्षमा वार्षिक रु पाँच लाख १० हजारमा विज्ञापन करको ठेक्का बन्दोबस्ती गरेको भएपनि विज्ञापन प्रयोग गरिएको विभिन्न कम्पनी वा विज्ञापन प्रदायकले नगरले तोकेको दररेटअनुसार कर नबुझाएपछि यस्ता विज्ञापनयुक्त होडिङ बोर्ड हटाउन शुरु गरिएको नगरका सरसफाइ शाखा प्रमुख प्रेम दियालीले जानकारी दिए ।

नगरपालिकाले आर्थिक ऐनमा व्यवस्था भएअनुसार विज्ञापन कर लगाउने निर्णय गरेको थियो । विभिन्न कम्पनी वा डिलरले आफ्नो उत्पादनलाई प्रचारप्रसार गर्नका लागि वितरक वा पसलको नाम समेटेर आफ्नो विज्ञापन गरिरहेको र यसले नगरमा प्रदूषणसमेत बढिरहेको छ ।

हाल नगरपालिकाले विभिन्न मदिराजन्य पदार्थका बोर्ड, विभिन्न कम्पनीका उत्पादनसहितका बोर्ड हटाइएको छ । यस कार्यलाई निरन्तरता दिँदै काम अगाडि बढाइने जनाइएको छ । बाँकी रहेका कम्पनीहरुले तत्काल तिर्नुपर्ने शुल्क तिरे बोर्ड राख्न पाइने जनाइएको छ । रासस

वि.सं.२०७७ कात्तिक १५ शनिवार १४:४७ मा प्रकाशित

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...

दश महिनामा तीन अर्ब ६१ करोड राजस्व सङ्कलन

दश महिनामा तीन अर्ब ६१ करोड राजस्व सङ्कलन

भद्रपुर (झापा) । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष...

व्यावसायिक किवीखेतीमा जुट्दै खावाका किसान

व्यावसायिक किवीखेतीमा जुट्दै खावाका किसान

भोजपुर । यहाँको टेम्केमैयुङ गाउँपालिका–५ खावामा किवीखेती विस्तार भइरहेको छ...

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँको लेदुवा खोलामा...

पाथीभराको भेटी एक करोड छ लाख

पाथीभराको भेटी एक करोड छ लाख

फुङ्लिङ (ताप्लेजुङ) । पाथीभरा देवीस्थानमा एक महिनामा रु एक करोड...

पाँचथरका छ विद्यालयको नतिजा ‘ननग्रेडेड’

पाँचथरका छ विद्यालयको नतिजा ‘ननग्रेडेड’

पाँचथर । हालै प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई) को मा...