back
CTIZAN AD

पर्वतीय सङ्ग्रहालयको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका

वि.सं.२०७७ कात्तिक १६ आइतवार

828 

shares

१६ कात्तिक, पोखरा । पोखराको समग्र पर्यटन प्रवद्र्धनमा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको महत्वपूर्ण भूमिका रहेकामा आज आयोजित एक कार्यक्रमका वक्ताले जोड दिएका छन् ।

नेपाल पर्वतारोहण सङ्घको ४७ औँ स्थापना दिवसका अवसरमा पोखरा महानगरपालिका–१७ रातोपैह्रास्थित सङ्ग्रहालय परिसरमा आयोजित कार्यक्रममा वक्ताले पर्वतीय पर्यटनको अध्ययन अवलोकनका लागि सङ्ग्रहालय आकर्षक गन्तव्य बनेको बताएका हुन् ।

नेपाल पर्वतारोहण सङ्घका महासचिव कुलबहादुर गुरुङले प्राकृतिक सुन्दरताले युक्त पोखरामा सङ्घद्वारा स्थापना गरी सञ्चालनमा आएको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय छुटाउनै नहुने गन्तव्यका रुपमा विकास भएको बताए ।

“विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको कारण चैत महिनादेखि नै सङ्ग्रहालय बन्द भएको छ”, उनले भने, “त्यसबाट सङ्घलाई लाखाँै रुपैयाँ क्षति भएकोे हुनाले साथै कर्मचारी वर्गलाई परेको अप्ठेरोलाई सहज भएसँगै मूल्याङ्कन गरिने छ ।”

मुलुकका विभिन्न २७ वटा हिमचुचुरा र सङ्ग्रहालयको समेत व्यवस्थापन गर्दै आएको सङ्घ यतिखेर ठूलो आर्थिक भार परेको उनको भनाइ छ । सो अवसरमा महासचिव गुरुङले सङ्ग्रहालय परिसरमा निर्माण गरिएको सङ्घका पूर्वध्यक्षहरुको अर्धकदको सालिकमा माल्यार्पण, सङ्घको झण्डोत्तोलन गर्नाका साथै सम्मीको बिरुवा रोपेका थिए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले पर्वतीय पर्यटनको विकासमा सङ्घले महत्वपूर्ण योगदान गर्दै आएको उल्लेख गर्दै सङ्ग्रहालय पोखराको एउटा छुट्टै गहनाका रुपमा स्थापित भएको विचार व्यक्त गरे ।

सङ्घका सदस्य हरि लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पर्वतारोहण सङ्घ अन्नपूर्ण शाखा गण्डकी प्रदेशका अध्यक्ष शेषकान्त पौडेल, भावना भुर्तेलले सङ्ग्रहालयको गतिविधिका बारेमा प्रकाश पारेका थिए। रासस

वि.सं.२०७७ कात्तिक १६ आइतवार १५:०० मा प्रकाशित

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३/०८४...

बाँझो जमिनमा स्याउखेती २० रोपनी क्षेत्रमा स्याउखेती

बाँझो जमिनमा स्याउखेती २० रोपनी क्षेत्रमा स्याउखेती

ढोरपाटन (बागलुङ) । तमानखोला गाउँपालिकाले वर्षौंसम्म बाझो रहेको २० रोपनी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

गाउँ फर्किएर अंगुरखेतीमा रमाएकी ताराकुमारी

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–८...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...