back
CTIZAN AD

पार्टी संकटमा पुग्यो भन्दै नेकपा महासचिव विष्णु पौडेलले गरे यस्तो आह्वान

वि.सं.२०७७ कात्तिक १६ आइतवार

825 

shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले पार्टी गम्भीर संकट पुगेको बताएका छन् । आइतबार सामाजिक सञ्जाल ट्विटरमार्फत उनले यस्तो बताएका हुन् ।

‘यतिबेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकीकृत र अभिभाज्य अस्तित्वका सामु गम्भीर संकट उत्पन्न भएको छ’, पौडेलले भनेका छन् ।

पार्टी बचाउन पौडेलले सबै नेता तथा कार्यकर्तालाई आह्वान पनि गरेका छन् । उनले अघि भनेका छन्, ‘आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरु समक्ष अनुरोध गर्दछु ।’

पछिल्लो समय सत्तारुढ नेकपाभित्र विवाद बढ्दै गएको छ । स्थायी समितिको निर्णय कार्यान्वयनमा जटिलता देखिएसँगै विवाद बढेको हो ।

स्थायी समितिको निर्णयभन्दा बाहिर प्रधानमन्त्री केपी शर्मा ओलीले एकपक्षीय रुपमा राजदूतहरुको नियुक्ती, मन्त्रिपरिषद पुनर्गठनलगायतका काम गरेसँगै विवाद बढेको थियो । पछिल्लो कर्णाली विद्रोह, पर्सा झडप र भारतीय गुप्तचरसँगको गोप्य भेटघाटको विषयले नेकपाभित्र रडाको मच्चिएको छ ।

विवादकै कारण दुईअध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पछिल्लो समय राम्रोसँग संवादसमेत हुन सकेको छैन् । दुई अध्यक्षबीच बढेको दुरीका बीच ओलीले वरिष्ठ नेता माधवकुमार नेपालसँग सहकार्यको प्रस्ताव राखेका छन् ।

पार्टी विवाद चरमतातिर पुगेको बेला पौडेलको धारणा सार्वजनिक भएको हो । जसलाई अर्थपूर्णं रुपमा लिन सकिन्छ ।

वि.सं.२०७७ कात्तिक १६ आइतवार १५:२६ मा प्रकाशित

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप...

रास्वपामा प्रवेश गरेपछि गुठीचौर गाउँपालिका अध्यक्ष पदमुक्त

रास्वपामा प्रवेश गरेपछि गुठीचौर गाउँपालिका अध्यक्ष पदमुक्त

जुम्ला । जुम्लाको गुठीचौर गाउँपालिकाको अध्यक्ष पद रिक्त भएको छ...

स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास

स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास

काठमाडौँ । स्पेनको राजधानी म्याड्रिडमा सोमबार आयोजित ‘नेपाल–स्पेन बिजनेस फोरम...

रास्वपा महाधिवेशनः मतदान भोलि

रास्वपा महाधिवेशनः मतदान भोलि

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनका लागि...

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी

कास्की । पोखरामा सुविधासम्पन्न बसपार्क निर्माणको योजनामा रहेको पोखरा महानगरपालिकाले...

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९

रास्वपा महाधिवेशनः प्रतिनिधि तीन हजार ८४९

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनका निम्ति तीन...