back
CTIZAN AD

सातौ पटक ‘गिनिज वल्ड रेकर्ड’ प्राप्त गर्न सफल भए अमेरिकामा रहेका ठकुरी

वि.सं.२०७७ कात्तिक १७ सोमवार

753 

shares

विजय थापा,डिसी । अमेरिकन मरिन गोजु कराँतेका खेलाडी किर्तिमानधारी उज्ज्वल ठकुरीलाई सातौ पटक गिनिज वर्ल्ड रेकर्ड’ प्राप्त भएको छ । एक माथि अर्को गर्दै उनले सातौपटक गिनिज वल्र्ड रेकर्डमा आफ्नो नाम लेखाउन सफल भएका छन् ।
त्यति मात्र हैन ३ वर्ष अगाडी उनि अमेरिकामा “हु इज हु ब्लाक बेल्ट लिजेण्ड अवार्ड” बाट सम्मानित भएका थिए । आधा दर्जन भन्दा ज्यादा किर्तिमान राख्न सफल ठकुरीले नेपाल र नेपालीको नाम बिश्वको आगाडी राख्न पाउँदा गर्व लाग्ने बताए ।

उनको बिश्व किर्तिमान सन् २०१७ देखि सुरु भएको हो । सेप्टेम्बर २०१७ मा प्रथम गिनिज वर्ल्ड रेकर्ड, नोभेम्बर २०१७ मा दोश्रो, नोभेम्बर २०१८ मा तेश्रो, सेप्टेम्बर २०१८ मा चौथो, सेप्टेम्बर २०१९ मा पाँचौ, फेब्रअरी २०२० मा छैठौ र फेब्रअरी २०२० मै सातौ गिनिज वर्ल्ड रेकर्ड राख्न सफल भएका छन् ।

उनले फेब्रअरी २०२० मा न्यूयोर्कमा एउटा खुट्टाले पूर्ण रुपमा घुँडामा ५ केजी तौल राखी ३ मिनेटमा १५७ पटक प्रहार गरेपछि उनलाई गिनिज वर्ल्ड रेकर्डले २९ फेब्रअरी २०२० कै मितिमा सातौ गिनिज वर्ल्ड रेकर्ड भएको घोषणा गरेको थियो ।

तर महामारीको कारण ठकुरीले २०२० को अक्टोबर महिनाको अन्त्यमा प्रमाण पत्र प्राप्त गरेका हुन् । ठकुरीले दशैको भोलीपल्ट अक्टोबर २७, २०२० बिहान ९ः४५ मिनेटमा आफूले सातौ गिनिज वल्र्ड रेकर्ड पाएको सार्वजनिक गरेका थिए ।

काठमाडौंमा जन्मिएका ठकुरी दुई दशक भन्दा अगाडी अमेरिका आएका हुन् । उनले कराते खेल जगतमा लागेर धेरै राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतिस्पर्धामा जित हासिल गरि विभिन्न पदकहरु प्राप्त गरिसकेका छन् ।

करातेमा उनले आफ्नो आधा दर्जन भन्दा पृथक विशेष अविष्कार छन् । “फांग खुकुरी काटा” र “फांग ब्रेकिंग” मा सहित उपाधी प्राप्त गरि सकेका छन ।

बिगतमा भ्यानडम शैलीमा “कुरो बुशि वर्ल्ड च्याम्पियन खेलमा” समेत सम्मानित भएका छन् ।

वि.सं.२०७७ कात्तिक १७ सोमवार ०८:२१ मा प्रकाशित

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

अदानचुली (हुम्ला) । हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा गएराति खसेको...

आइसीसी विश्वकप क्रिकेट लिग–२ : टस जितेर ब्याटिङ गर्दै स्कटल्यान्ड

आइसीसी विश्वकप क्रिकेट लिग–२ : टस जितेर ब्याटिङ गर्दै स्कटल्यान्ड

काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग–२ मा अमेरिकाविरुद्धको खेलमा स्कटल्यान्डले...

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

दुर्गा प्रसाईँ थप तीन दिन प्रहरी नियन्त्रणमै

वीरगञ्ज (पर्सा) । पर्सा जिल्ला अदालतले आज मेडिकल व्यवसायी तथा...