१७ कात्तिक, काठमाडौं । नेपाल आयुर्वेद चिकित्सक संघले न्युज २४ मा रवि लामिछानेद्धारा प्रसारित कार्यक्रममा बिपि तिमल्सिनाद्धारा व्यक्त गरिएका विचारहरुप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै सत्य तथ्य छानविन गर्न सम्बन्धीत निकायलाई अनुरोध गरेको छ ।
लामिछानेद्धारा प्रसारित कार्यक्रममा तिमल्सिनाले कोरोनाको उपचारमा प्रयोग गरिने जडिबुटी भनेर अर्कै जडिबुटीको नाम संचारमाध्यमबाट उल्लेख गरेर जनतालाई भ्रम सिर्जना गर्न खोजेको आरोप लगाउँदै संघले सत्य तथ्य छानविनको माग गरेको हो ।
‘त्यसमा व्यक्त गरिएका जडिबुटीहरुले कोरोना निको पार्ने वा रोग प्रतिरोधात्मक क्षमता बढाउने कुनै आधार प्रमाण नभएको समेत प्रष्ट पार्दछौं ।’ संघद्धारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ ।

वि.सं.२०७७ कात्तिक १७ सोमवार १७:०५ मा प्रकाशित






























