back
CTIZAN AD

स्थापनाको छोटो समयमानै स्थापित बन्दै प्रभु लाईफ

वि.सं.२०७७ कात्तिक १८ मंगलवार

1.1K 

shares

काठमाडौं । नेपालमा बीमा कम्पनीको सुरुवात वि स २००४ बाट सुरुवात भएको हो । हालको आर्थिक वर्ष २०७७/७८ सम्ममा आईपुग्दा वीमा उद्योग निकै ठुलो भईसकेको छ । हाल नेपालमा १९ वटा जीवन, २० वटा निर्जीवन र १ वटा पुनर्जीवन वीमा कम्पनी गरी कुल ४० वटा कुल बीमा कम्पनीहरु रहेका छन् । वीमा कम्पनीहरुलाई स्वामित्वाको आधारमा सरकारी, निजी, विदेशी शाखा र संयुक्त लगानी गरी चार किसिममा विभाजन गरिएको छ । यस मध्यको एक प्रभु लाईफ इन्स्योरेन्स स्थापनाको छोटो सपयमानै जीवनवीमा तर्फ  स्थापित बन्दै गईरहेको छ ।

प्रभु बैंक र साङग्रीला विकास बैंकको सहकार्य र प्रभु ग्रुप अफ कम्पनिको स्वामित्वमा रहेर वि.स २०७४ मङसिर २८ मा प्रभु लाईफ इन्स्योरेन्सको स्थापना भएको थियो । कम्पनिले स्थापनाको पहिलो बर्षमानै ४७ लाख ४६ हजार ३०३ खुद नाफा आर्जन गरेको थियो । कम्पनिले स्थापनाको चौथो त्रैमासिकमा खुद ११ करोेड २३ लाख ८३ हजार ६ सय ४२ विमा शुल्क आर्जन गरेको हो ।

बीमा शुल्क उच्च दरले वृद्धि हुदै
प्रभु लाईफ इन्स्योरेन्सले  गरेको २०६७/७७ को चौथो त्रैमासिकको वित्तिय विवरण अनुसार , कम्पनिले यो वर्ष  खुद १ अर्ब १५ करोड ९४ लाख ३५ हजार ५ सय ७५ रुपैँयाँ बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोहि अवधिमा कम्पनिले ४५ करोड ३५ लाख ७८ हजार ९ सय ३४ रुपैँयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलमा यो वर्ष कम्पनिले ७० करोड ५८ लाख ५६ हजार ६ सय ४१ रुपैँयाँ बढि खुद बीमा शुल्क आर्जन गरेको हो । यो गत वर्षको तुलनामा ६१ प्रतिशतले बढि हुन आउछ ।

कति छ त प्रभु लाईफको खुद नाफा ?
कम्पनिले चालु आर्थिक वर्षको चौथो त्रैमासिकमा ४ करोड ४४ लाख ९६ हजार ४ सय ४९ खुद नाफा आर्जन गरेको छ । भने गतवर्षको सोहि अवधिमा ३ करोड ८१ लाख १४ हजार ४ सय २८ खुद नाफा आर्जन गरेका थियो । यो वर्षको खुद नाफा गत वर्षको खुद नाफाको तुलनामा १७ प्रतिशतले बढि हुन आउछ । कम्पनिले सार्वजनिक गरेको चौथो त्रैमासिकको वितिय विवरण अनुसार कम्पनीको चुक्ता पुजि १ अर्ब ४० लाख रहेको छ । जगेडा कोषमा १४ करोड ८९ लाख ४० हजार १ सय ६८ रहेको छ । जिवन बीमा कोषमा १ अर्व ०४ करोड ३६ लाख ७ सय १२ छ भने विपत्ति जगेडामा १ करोड २६ लाख १० हजार ५ सय १ रहेको छ ।

६० लाख कित्ता आईपिओ जारी गर्दै प्रभु लाईफ
प्रभु लाईफ इन्स्योरेन्सको हाल चुक्ता पुजी १ अर्व ४० करोड रहेको छ । वीमा समितिले जीवन वीमा कम्पनीहरुको चुक्ता पुजी २ अर्व वरावरको हुनुपर्ने नियम लागू गरेको छ । अब प्रभु लाईफले ६० लाख कित्ता आईपिओ जारी गरेपछि उसको चुक्ता पूजी २ अर्व पुग्ने छ । यसका लागि उसले धितोपत्र बोर्डमा गत असोज १४ गते आवेदन दिएको छ । वीमा कम्पनी समुहबाट चालु आर्थिक वर्ष २०७७ ७८ मा आईपिओ जारी गर्न पाउने पाउने यो वीमा कम्पनी चौथो हुनेछ । यस अगि रियलायन्स लाईफले ६३ लाख कित्ता आईपिओ जारी गरि सकेको छ, निर्जीवन तर्फ भने सानिमा जनरल र जनरल इन्स्योरेन्सले समान ३० लाख कित्ता आईपिओ जारी गरिसकेका छन् ।

वि.सं.२०७७ कात्तिक १८ मंगलवार १३:५५ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई लाइफ इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटी नेपाललाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रिया गर्न आईएमई लाइफले गर्याे आर्थिक सहयोग

काठमाडाैँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...