१८ कात्तिक, पाल्पा । पाल्पाको रामपुर नगरपालिका–८ ढकालचौपारी बस्ने ६९ वर्षीया महिलाको घरबाट करिब २१ लाख ६८ हजार रपैयाँ बराबरको सुन र धनमाल लुटपाट ।
सोमबार राती ती महिलाको घरमा आएका ३ जना अपरिचित ब्यक्तिहरुले बिजुली बन्द गरी पानी पिउन मागेको र पानी दिने क्रममा अचानक खुकुरी देखाई कुटपिट गरी उक्त धनमाल लुटपाट गरेको बताइएको छ ।
कुटपिटबाट घाइते महिलाको लुम्बिनि मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको छ । लुटपाटमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी तथा यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
वि.सं.२०७७ कात्तिक १८ मंगलवार १४:०९ मा प्रकाशित






























