back
CTIZAN AD

तारकेश्वर धाम क्षेत्रको निर्माण काम ४० प्रतिशत सकियो

वि.सं.२०७७ कात्तिक १९ बुधवार

828 

shares

१९ कात्तिक, काठमाडौं । तारकेश्वर धाम क्षेत्रमा निर्माणको ४० प्रतिशत काम सकिएको छ । निर्माणका लागि नगर–नगर साझेदारी कार्यक्रमअन्तर्गत विसं २०७५ माघ २७ गते सम्झौता गरेर तारकेश्वर नगरलाई काठमाडौँ महानगरपालिकाले रु एक करोड अनुदान रकम उपलब्ध गराएको थियो । कामपाले दिएको रु एक करोड र तारकेश्वरले नगरपालिकाबाट रु एक करोड थप गरेर निर्माणको काम थालिएको हो ।

कामपाले जिल्लाका सबै नगरपालिकालाई सार्वजनिक जग्गा संरक्षण, हरियाली प्रवद्र्धन र उद्यान निर्माणका लागि रु एक÷एक करोड उपलब्ध गराएको थियो । चारैतिर सार्वजनिक जङ्गल रहेको भूभागको बीचको करिब १० रोपनी सार्वजनिक जग्गामा महादेवको मूर्तिमा पुग्ने सिँढी, सन्तमहन्त बस्ने कुटी, पोखरी, सत्तल, प्रवेशद्वार निर्माणलगायत काम भइरहेका छन् ।

कामपाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गी मङ्गलबार तारकेश्वर धाम क्षेत्रमा निर्माणको अवस्था बुझ्न पुगेका थिए। स्थलगत अवलोकनपछि प्रतिक्रिया दिँदै प्रमुख शाक्यले निर्धारण गरिएको समयमा नै निर्माणको काम सम्पन्न गरे आवश्यक पर्ने थप सहयोग गर्न कामपा तयार रहेको बताए ।

तारकेश्वर नगरका प्रमुख रामेश्वर बोहोराले कामपाले उपलब्ध गराएको सहयोगले तारकेश्वर धामलाई पर्यटकीय गन्तव्य बनाइने बताए। बालाजु वाइपासबाट करिब १५ किलोमिटर दूरीको यात्रामा पाँचमाने पुगिन्छ । त्यहाँबाट आधा घण्टाको पैदलयात्रापछि धाम क्षेत्रमा पुगिन्छ । रासस

वि.सं.२०७७ कात्तिक १९ बुधवार ११:०७ मा प्रकाशित

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...