१९ कार्तिक, काठमाडौँ । साउथ अफ्रिका विरुद्धको श्रृखला खेल्ने आफ्ना २३ खेलाडीहरुलाई समेटेर इंल्याण्ड एण्ड वेल्स क्रिकेट र्बोडले आफ्नो टिमको घोषणा गरेको छ ।
२३ खेलाडी मध्य १० खेलाडीले दुवै टि-२० र एकदिवसीय श्रृखला खेल्ने छन । इंल्याण्ड र साउथ अफ्रिका बिच नोभेम्बरमा २७ बाट ३ खेलको टि-२० श्रृखला र ३ खेलको एकदिवसीय श्रृखला सुरु हुनेछ ।
इंल्याण्ड टेस्ट क्रिकेट टिमका कप्तान जो रुटलाई टि-२० टिममा समावेश गरिएको छैन । उनलाई एकदिवसीय टिममा मात्र समावेश गरिएको छ ।
त्यसैगरि बेन स्टोक्स, जोफ्रा आर्चर, श्याम करण, क्रिस जोडन र डविड मलानलाई टि-२० टिममा मात्र राखिएको छ । इंल्याण्डले नोभेम्बर २७ मा साउथ अफ्रिमा विरुद्ध पहिलो टि-२० खेल खेल्दैँ श्रृखलाको सुरुवात गर्ने छ ।
साउथ अफ्रिका विरुद्धको टि-२० श्रृखलाका खेल्ने इंल्याण्डको टिम:
जोनी बेयरस्टो, जेसन रोय, जस बटलर, इयोन मोर्गन, मोइन अलि, जोफ्रा आर्चर, श्याम विलिंग्स, श्याम करन, टम करन, क्रिस जोड्न, डाविड मलान, आदिल रासिद, बेन स्टोक्स, रिस टोप्ली, मार्क वुड
साउथ अफ्रिका विरुद्धको एकदिवसीय श्रृखला खेल्ने इंल्याण्डको टिम:
इयोन मोर्गन, जेसन रोय, जोनी बयरस्टो, जो रुट, जस बटलर, मोइन अलि, श्याम विलिंग्स, टस करन, लुइन ग्रेगरी, लियम लिभिंगीटोन, आदिल रसिद, ओली स्टोन, रिस टोप्ली, क्रिस वोक्स, मार्क वुड
वि.सं.२०७७ कात्तिक १९ बुधवार १२:२८ मा प्रकाशित



























