back
CTIZAN AD

आइस्पानको अध्यक्षमा सुधिर पराजुली चयन

वि.सं.२०७७ कात्तिक २० बिहीवार

744 

shares

२० कात्तिक, काठमाडौं । इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान) को अध्यक्ष पदमा सुधिर पराजुली निर्विरोध चयन भएका छन् ।

इन्टरनेट सेवा प्रदायकको छाता सङ्गठनको रुपमा रहेको सङ्घको आगामी दुई वर्षे कार्यकालका लागि सबै पदाधिकारी निर्विरोध विर्चाचित भएका हुन् । सङ्घको उपाध्यक्षमा क्लासिक टेकका प्रमेश खरेल, महासचिवमा एरो नेटका नबिन श्रेष्ठ, सचिवमा टेकमाइन्ड्सका कमल बस्तोला, कोषाध्यक्षमा इस्ट लिंकका पुष्कर बडाल चयन भएका छन् ।

यसैगरी सङ्घको वरिष्ठ सल्लाहकारमा वल्डलिंकका विजय जलान, भायनेटका विनय बोहरा , सुविसुका विनयमोहन साउद तथा सदस्यमा ब्रोडलिंकका विनोद तिमिल्सेना र वेबसर्फरका सुरेन क्षेत्री चयन भएको सङ्घले जनाएको छ ।

बुधबार भर्जुअल बैंठक गरी नौ जनाको नयाँ कार्यसमिति चयन गरिएको थियो । उक्त बैंठकमा सङ्घका निवर्तमान अध्यक्ष एवम् नेटम्याक्सका अध्यक्ष भोजराज भट्टले नयाँ कार्यसमितिलाई नेतृत्व हस्तान्तरण गरेका थिए । रासस

वि.सं.२०७७ कात्तिक २० बिहीवार १२:३२ मा प्रकाशित

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

गुप्तचर विभागलाई राजस्व चुहावट नियन्त्रणको जिम्मा

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रण, भन्सार छली रोकथाम तथा...

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

काठमाण्डौ । प्रभा लक्ष्मी प्रधानाङ्गको नेतृत्वमा नयाँ कार्य समितिको चयनसँगै...

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घनबापत संकलन...

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

काठमाडाैँ । सामसङले आधिकारिक रूपमा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...