back
CTIZAN AD

आठ नयाँ सदस्य सहित राष्ट्रिय फुटबल टोली बङ्गलादेश प्रस्थान

वि.सं.२०७७ कात्तिक २० बिहीवार

834 

shares

२० कार्तिक, काठमाडौं । बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली आज ढाका प्रस्थान गरेको छ । आठ नयाँ खेलाडीसहित ३४ सदस्यीय नेपाली टोली बङ्गलादेश प्रस्थान गरेको हो । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले नेपाली टोलीको बुधबार नै बिदाइ गरेको थियो ।

लामो समयको कोभिड असरका कारण खेल विहिन बनेको नेपालि टोलीका केही महत्वपूर्ण खेलाडी भने कोरोना सङ्क्रमण देखिएपछि बङ्गलादेश गएका छैनन् । चोटका कारण नियमित खेलाडी रोहित चन्द पनि ढाका जान सकेनन् । नेपालले कात्तिक २८ र मङ्सिर २ गते बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेल्नेछ । नेपालले बालगोपाल महर्जनको प्रशिक्षणमा बङ्गलादेशसँग खेल्नेछ । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपालले साफ च्याम्पियनसिपपछि बङ्गलादेशसँग खेलेको छैन । विसं २०७५ को भदौमा ढाकामा भएको साफको समूह चरणमा नेपालले बङ्गलादेशलाई हराएको थियो ।

नेपाली टोलीमा अजित भण्डारी, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, भरत खवास, विकास खवास, विक्रम लामा, विमल राना, विशाल श्रेष्ठ, दर्शन गुरुङ, दीप कार्की, दिलेन लोक्तन, जर्ज प्रिन्स कार्की, किरण चेम्जोङ, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रञ्जित धिमाल, रवी पासवान, सरोज दाहाल, सेसेहाङ आङ्देम्बे, सुवास गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, तेज तामाङ र छिरिङ गुरुङ रहेका छन् । टोलीको सहायक प्रशिक्षकमा किरण श्रेष्ठ र गोलकिपर प्रशिक्षकमा विकास मल्ल रहेका छन् । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

वि.सं.२०७७ कात्तिक २० बिहीवार १३:५२ मा प्रकाशित

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

मिसन– २०२६ का खेलाडीलाई खेल पोशाक वितरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत...

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

अर्जेन्टिना  विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना...

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

नर्वेलाई हराउँदै इङल्यान्ड विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । इङल्यान्ड २–१ गोलले नर्वेलाई पराजित गर्दै फिफा विश्वकप...

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

बेल्जियमलाई हराउँदै स्पेन फिफा विश्वकपको सेमिफाइनलमा

काठमाडौँ । बेल्जियमलाई पराजित गर्दै स्पेन फिफा विश्वकप–२०२६ को सेमिफाइनलमा...

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश

काठमाडौंँ । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...