२० कार्तिक, काठमाडौँ । सर्वाेच्च अदालतले ११ र १२ को नयाँ पाठ्यक्रम लागू नगर्न आदेश दिएको छ ।
भगवता अर्यालले दायर गरेको रिट निवेदन उपर फैसला गर्दै सर्वाेच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले पाठ्यक्रम लागू नगर्न आदेश दिएको हो ।
आदेशमा भनिएको छ ‘संविधानको अनुसूची ८ को देहाय ८ अनुसार स्थानीय तहको एकल अधिकार सूचीको तथा स्थानीय सरकारको अधिकारक्षेत्र भित्रको विषयमा केन्द्रले पाठ्यक्रमको प्रारूप तयार पारेको तर लागू भइनसकेको सन्दर्भमा सुविधा सन्तुलनको दृष्टिकोणले छलफलबाट अन्तरिम आदेशको टुङ्गो नलागेसम्म विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ कार्यान्वयन नगर्नू यथास्थितिमा राख्नु भनी विपक्षीहरूका नाउँमा सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ ९२०(ख) अल्पकालीन आन्तरिम आदेश जारी गरिदिएको छ ।’

वि.सं.२०७७ कात्तिक २० बिहीवार १७:२४ मा प्रकाशित






























