back
CTIZAN AD

भूमेमा ४३ क्विन्टल लसुनको बीउ रोपियो, कृषकलाई ५० प्रतिशत अनुदान

वि.सं.२०७७ कात्तिक २२ शनिवार

693 

shares

२२ कात्तिक, रुकुमपुर्व । रुकुमपूर्वको भूमे गाउँपालिकामा यस वर्ष ४३ क्विन्टलभन्दा बढी लसुनको बीउ रोपिएको छ ।

गाउँपालिकाको लसुन पकेट क्षेत्र ९ नं वडाको चुनवाङसहित गाउँपालिकाभर नै ४३ क्विन्टल ५० किलो लसुनको बीउ रोपिएको हो । गाउँपालिका र वडाले अनुदानमा वितरण गरेको लसुनको बीउ यतिबेला कृषकले रोपिसकेका छन् ।

यस वर्ष मात्रै गाउँपालिकाले १३ क्विन्टल ५० किलो र वडाहरुले ३० क्विन्टल लसुनको बीउ कृषकलाई अनुदानमा वितरण गरेका थिए ।गाउँपालिकाभित्रका नौवटै वडाका कृषकलाई ५० प्रतिशत अनुदानमा लसुनको बीउ वितरण गरिएको गाउँपालिका उपाध्यक्ष मनकुमारी बुढा विष्टले बताए।

यसबाहेक पनि कतिपय वडाले आफ्ना वडाका कृषकलाई आफैँ अनुदानमा लसुनको बीउ वितरण गरेका छन् । जिल्लामै पाइने लोक्कल लसुनभन्दा चाइनिज लसुन छिटो फल्ने भएकाले कृषकलाई चाइनिज जातको लसुनको बीउ वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

वि.सं.२०७७ कात्तिक २२ शनिवार १५:१८ मा प्रकाशित

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

कोहलपुरमा अतिक्रमण गरिएका सात सय घरटहरा हटाइए

नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण...

घरवासको आनन्द लिन रामकोट जाने कि !

घरवासको आनन्द लिन रामकोट जाने कि !

रामकोट (बन्दीपुर) । तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका...

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

नेपाल स्वयमसेवी रक्तदाता समाज तिलोत्तमाको साधारणसभा सम्पन्न

काठमाडौं । नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखाको पाँचौ वार्षिक...

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश

तम्घास (गुल्मी) । सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी प्रदेशमा चैते धानखेतीको क्षेत्रफल घट्दै

लुम्बिनी । लुम्बिनी प्रदेशका तराईका जिल्लामा चैते धानखेतीमा किसानको आकर्षण...