back
CTIZAN AD

विराटनगरमा सात अर्ब राजश्व सङ्कलन

वि.सं.२०७७ कात्तिक २२ शनिवार

621 

shares

२२ कात्तिक, विराटनगर । एकीकृत भन्सार जाँच चौकी विराटनगरले चालु आर्थिक वर्ष २०७७/७८ को तीन महिनाको अवधिमा कूल रु सात अर्ब ९३ करोड ३० लाख ४२ हजार राजश्व सङ्कलन गरेको छ । यस अवधिमा कार्यालयले रु १० अर्ब एक करोड १८ लाख छ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो ।

सङ्कलित राजश्व लक्ष्यमा ७९ दशमलव २४ प्रतिशत मात्र प्रगति हासिल गरेको छ । गएको वर्षमा यो अवधिमा कूल रु आठ अर्ब ९९ करोड ३८ लाख नौ हजार राजश्व सङ्कलन गरेको थियो । राजश्व सङ्कलनको हिसाबले हेर्दा गत वर्षभन्दा यस वर्ष सो अवधिमा रु एक अर्ब छ करोड सात लाख ५८ हजारले कम हो भने चालु आर्थिक वर्षमा लक्ष्यको भन्दा रु दुई अर्ब सात करोड ८७ लाख ६४ हजारले कम हो ।

भन्सार कार्यालयबाट प्राप्त जानकारीअनुसार सङ्कलित राजश्वमा भन्सार महसुल आयाततर्फ रु तीन अर्ब १७ करोड दुई लाख ९२ हजार, मूल्यअभिवृद्धि कर रु तीन अर्ब ८२ करोड ७८ लाख ३८ हजार, अन्तःशुल्क रु ४६ करोड ३७ लाख ८२ हजार, भन्सार महसुल निर्याततर्फ रु ३९ लाख ५३ हजार, कृषि सुधार शुल्क रु २७ करोड ६३ लाख, भन्सारको अन्य आय रु ९४ लाख ३६ हजार र पूर्वाधार कर रु १८ करोड १४ लाख ४० हजार छन् ।

कार्यालयले चालु आर्थिक वर्षको तीन महिनाको शुरुको महिनामा सय दशमलव १२ प्रतिशत प्रगति हासिल गरेको छ भने भदौमा ७७ दशमलव ८९ प्रतिशत र असोज महिनामा ७० दशमलव २५ प्रतिशत मात्र प्रगति हासिल भएको जनाएको छ । रासस

वि.सं.२०७७ कात्तिक २२ शनिवार १५:३५ मा प्रकाशित

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...

दश महिनामा तीन अर्ब ६१ करोड राजस्व सङ्कलन

दश महिनामा तीन अर्ब ६१ करोड राजस्व सङ्कलन

भद्रपुर (झापा) । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष...

व्यावसायिक किवीखेतीमा जुट्दै खावाका किसान

व्यावसायिक किवीखेतीमा जुट्दै खावाका किसान

भोजपुर । यहाँको टेम्केमैयुङ गाउँपालिका–५ खावामा किवीखेती विस्तार भइरहेको छ...

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

पटक-पटक म्याद थप्दा पनि सात वर्षदेखि लेदुवा खोलाको पुल अधुरै

धरान (सुनसरी) । धरान उपमहानगरपालिका–५ स्थित देवी गाउँको लेदुवा खोलामा...

पाथीभराको भेटी एक करोड छ लाख

पाथीभराको भेटी एक करोड छ लाख

फुङ्लिङ (ताप्लेजुङ) । पाथीभरा देवीस्थानमा एक महिनामा रु एक करोड...

पाँचथरका छ विद्यालयको नतिजा ‘ननग्रेडेड’

पाँचथरका छ विद्यालयको नतिजा ‘ननग्रेडेड’

पाँचथर । हालै प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई) को मा...