back
CTIZAN AD

चोरी शिकारीले मारेका चार गैँडा फेला

वि.सं.२०७७ कात्तिक २२ शनिवार

741 

shares

२२ कात्तिक, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा साउनयता चोरी शिकारीले मारेका चार गैँडा फेला परेका छन् । यस अवधिमा मरेका १२ मध्ये चारवटा चोरी शिकारीका कारण हो । आठवटा गैँडा प्राकृतिक कारणबाट मरेका हुन् ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार अधिकांश गैँडा निकुञ्जको पश्चिम क्षेत्रमा मरेका छन् । दुई महिनाअघि निकुञ्जको पश्चिममा पर्ने लौखानी नजिक बाँदरझुला टापुमा एउटा गैँडा मृत्तावस्थामा फेला परेको थियो । टाउकोमा गोली लागेको गैँडाको खाग, खुर भने सुरक्षित रहेको थियो । हालै मात्र सोही क्षेत्रमा माउ र बच्चा गलेको अवस्थामा फेला परेको छ ।

दुवैको खाग तस्करले लगेको बरालले बताए । एउटै समयमा तस्करको आक्रमणको निशानामा तीनवटै गैँडा परेको अनुमान छ । माउ र बच्चाको खाग लगेकोे भए पनि अर्को गैँडाको लान नसकेको बताइन्छ । यस्तै गएको बिहीबार निकुञ्जको पश्चिम क्षेत्रमै एउटा गैँडाको अस्थिपञ्जर मात्र फेला परेको छ । बरालले झण्डै छ महिनाअघि तस्करले मारेर खाग लगेको हुनसक्ने बताए । सो गैँडा गत आर्थिक वर्षमा मारिएको निकुञ्ज अधिकारीहरुको अनुमान छ ।

निकुञ्जमा चोरी शिकारीले विगत चार वर्षयता गैँडा मार्न सकेका थिएनन् । विसं २०७३ को चैतमा कसरा नजिकै सामुदायिक वनमा तस्करले गैँडा मारेयता प्राकृतिक कारणले मात्र गैँडा मरेका थिए । गत वर्ष प्राकृतिक कारणबाट २६ गैँडा मरेका थिए ।

निकुञ्जमा चोरी शिकारीबाट गैँडा मारिन थालेपछि वन तथा वातावरण सचिव डा विश्वनाथ ओलीले शुक्रबार निकुञ्जमा आएर आवश्यक निर्देशनसमेत दिएका छन् । बरालले भने, “हामीले दक्ष जनशक्ति माग गरेका छौँ ।” सचिव ओलीले चोरी शिकार नियन्त्रणका लागि मन्त्रालयको तर्फबाट आवश्यक सहयोग गर्ने आश्वासन दिए । एकाएक चोरी शिकारीले गैँडा मारेपछि सरकारको ध्यानाकर्षण भएको छ ।

प्रमुख संरक्षण अधिकृत बरालले नयाँ रणनीति बनाएर चोरी शिकार नियन्त्रणका लागि काम अघि बढाएको जानकारी दिए । निकुञ्ज कर्मचारी, नेपाली सेना, स्थानीय बासिन्दा सबै संरक्षणमा जुटेमा दुर्लभ एकसिङ्गे गैँडा बचाउन सकिने उनको भनाइ छ । निकुञ्जले गस्ती बढाएको छ भने सुराक सञ्जाललाई चुस्त बनाएको छ ।

सन् २०१५ को गणनाअनुसार नेपालमा ६४५ गैँडा रहेका छन् । यसमध्ये गैँडाको मुख्य बासस्थान चितवनमा मात्रै ६०५ गैँडा भेटिएका थिए । निकुञ्जमा सबैभन्दा बढी गैँडा आर्थिक वर्ष २०५८÷५९ मा मरेका हुन् । यो वर्ष मरेका ४८ गैँडामध्ये ३७ वटा चोरी शिकारले मारेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ । रासस

वि.सं.२०७७ कात्तिक २२ शनिवार १५:५३ मा प्रकाशित

प्रदेशहरुका सरकार समस्यामा : प्रचण्ड फर्केपछि ठोस निर्णय हुने

प्रदेशहरुका सरकार समस्यामा : प्रचण्ड फर्केपछि ठोस निर्णय हुने

काठमाडौँ । प्रदेश सरकारहरू फेरबदल हुने चर्चाले यतिबेला राष्ट्रिय राजनीतिमा...

धोबीघाटको अत्याधुनिक ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

धोबीघाटको अत्याधुनिक ढल प्रशोधन केन्द्र परीक्षण सञ्चालनमा

काठमाडौँ । ललितपुरको धोबीघाटमा निर्माण सम्पन्न भएको अत्याधुनिक ढल प्रशोधन...

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

एमालेका तीन मन्त्री र एक राज्यमन्त्री पदमुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाल कम्युनिष्ट पार्टी...

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

निजी क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिएको छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले देशको पर्यटन प्रवद्र्धनका निम्ति द्रुत...

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

ग्लोबल बैंकले स्थिर सम्पत्ति बिक्री गर्दै, ७ दिनभित्र प्रस्ताव आह्वान

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो एक शाखा कार्यालयको...

चार मन्त्रीद्वारा सामूहिक राजीनामा

चार मन्त्रीद्वारा सामूहिक राजीनामा

सुर्खेत । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले सामूहिक...