back
CTIZAN AD

युवाको आकर्षण होटल व्यवसायमा

वि.सं.२०७७ कात्तिक २२ शनिवार

687 

shares

२२ कात्तिक, काठमाडौं । जानकी गाउँपालिका–३ भगतपुरका युवराज ढकालले काम र दामका लागि करिब दश वर्ष भारतमा बिताए । लामो समयसम्म भारतमा बसेर होटलमा काम गरेका ढकाल अहिले भने गाउँ फर्केर होटल व्यवसायमा रमाएका छन् । आफूसहित तीनजना साथीको सहकार्यमा तरकारी खेतीमा लागेका छन् ।

उनले टीकापुरमा क्याफे सञ्चालन गरेका छन् । “विदेशमा बसेर काम गर्दा राम्रै कमाई भएपनि सन्तुष्ट हुन सकिँदो रहेनछ”, उनले भने, “स्वदेशमै केही गरौं भन्ने उद्देश्यले होटल व्यवसाय सञ्चालन गरेको हुँ ।” पारिवारिक वातावरणसहितको उक्त क्याफेको आम्दानीबाट आफू सन्तुष्ट रहेको बताउँदै उनले यसको शाखा बिस्तार गरी व्यवसायलाई फराकिलो बनाउने योजनामा रहेको जानकारी दिए ।

२० लाखको लगानीमा शुरु गरिएको यो व्यवसायमा अहिले छ जनालाई प्रत्यक्ष रोजगारीसमेत दिएको उनको भनाइ छ । “पहिलेदेखि नै होटलमा काम गरेको हुँदा होटलतिरै मेरो लगाव रह्यो”, ढकालले भने, “त्यसलाई अझै फराकिलो बनाई आफ्नै देशमा केही गर्ने योजनाका साथ नेपाल फर्किएको हुँ ।”

त्यस्तै, लामो समयदेखि फेन्सी व्यवसाय गर्दै आएका २५ वर्षीय जीवन बिष्ट पनि होटल व्यवसायमै आकर्षित भएका छन् । उनले करिब २५ लाखको लगानीमा केओडी रेष्टुरेन्ट सञ्चालनमा ल्याएका छन् । होटल व्यवसायमा खासै ज्ञान नभएको बताउँदै बिष्टले सिक्दै जाँदा होटल व्यवसायमा आफ्नो आकर्षण बढेको बताए । यो व्यवसायबाट सोचेभन्दा राम्रो आम्दानी भइरहेको उनको भनाइ छ ।

“पहिलो कुरा सन्तुष्टि हो । म फेन्सी पसलबाट पनि सन्तुष्ट थिएँ । होटलबाट पनि सन्तुष्ट छुँ”, बिष्टले भने, “अहिलेको आधुनिक युगमा मानिसहरुका विभिन्न आकांक्षा हुन्छन् । त्यहीअनुसार व्यवसायलाई पनि लग्ने हो भने सफल हुनेमा कुनै दुई मत छैन ।” उनले होटलभित्र विभिन्न डिजाइनका चित्रहरु बनाएका छन् भने आउने ग्राहकको फोटोका लागि एकजना फोटोग्राफर कर्मचारी समेत राखेका छन् । दिनभरि आएको ग्राहकको फोटोहरु बिष्टले आफ्नो होटलको फेसबुक पेजमा राख्ने गर्छन् । जुन कारणले पनि केओडीप्रति ग्राहकको आकर्षण बढेको छ ।

“फेसबुक पेजकै तस्वीर देखेर सुर्खेत, बर्दिया, कैलाली, कञ्चनपुरसम्मका ग्राहकहरु आउने गरेका छन्”, उनले भने, “होटल सबै एउटै हुन् । तर, हाम्रो योजनामात्रै फरक देखिएको हो । त्यही फरकपन देखेर बाहिरबाट पनि मानिसहरु सम्पर्क गर्ने गरेका छन् ।” उनले यो व्यवसायमा १२ जनाले प्रत्यक्ष रोजागारी पाएको बताए ।

त्यस्तै टीकापुरकै जीवन शाहीले बीएचएम पास गरी टीकापुरमै मुमेरो जाभा कफी शप शुरु गर्नुभएको छ । प्रयोगात्मक तालिमका लागि एक वर्ष दुबई बसेका शाही आफ्नै क्षेत्रमा कफीको क्रेज बढाउन चाहन्छन् । दुई दाजुभाइ मिलेर १५ लाखको लगानीमा कफी शप शुरु गरेका शाहीले टीकापुरको विकासमा आफूहरुले पनि एक इँटा थप्ने उद्देश्यका साथ व्यवसाय सञ्चालन गरेको बताए । “कफी एउटा ब्राण्ड हो । ग्राहकको मागअनुसार अन्य परिकारको तयारीमा पनि छौं”, उनले भने, “यहाँ आएका ग्राहकलाई पहिलो स्वाद हाम्रो कफी नै रहनेछ ।”

पच्चीस वर्षको उमेरमा व्यवासयमा लाग्नुभएका शाहीले अन्य युवालाई पनि व्यवसायमा जोडिन आग्रह गरेका छन् । “टीकापुरमा हामीले फरक ब्राण्डको शुरुवात गरेका छौं । अब त्यसमा प्रतिस्पर्धा गर्ने अर्को व्यवसाय जन्मनुपर्छ”, उनले भने, “व्यवसाय थपिनु भनेको पनि त्यस क्षेत्रको विकास हो भने उद्यम गर्न चाहने युवाका लागि प्रेरणाको स्रोत पनि हो ।”

पछिल्लो समय कोरोना भाइरस सङ्क्रमणका कारण बाहिर बसेका युवा आफ्नै क्षेत्रमा केही उद्यम गर्ने उद्देश्यका साथ जागरुक हुँदै गएका छन् । भारत तथा तेस्रो मुलुकमा रोजागारीका लागि होस् वा अध्ययनको सिलसिलामा बाहिर गएका युवा होटल व्यवासयमा मात्र नभई अन्य व्यवसायमा समेत जोडिँदै गएका छन् । व्यवसायिक युवाका लागि सरकारले विशेष प्याकेजका कार्यक्रम ल्याउनुपर्नेमा उनीहरुको जोड छ । रासस

वि.सं.२०७७ कात्तिक २२ शनिवार १६:०५ मा प्रकाशित

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ झण्डाबोझका ६० वर्षीय हिमाली डगौराले तीन...

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ७३ वर्षीय ग्रिस...

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा । चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९...

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशका वन क्षेत्रमा डढेलोको प्रकोप बढ्न थालेको...

बालबालिकाको पाखुरा नाप

बालबालिकाको पाखुरा नाप

कञ्चनपुर । कञ्चनपुरमा ७० हजार २७७ बालबालिकालाई भिटामिन ‘ए’ तथा...