२३ कार्तिक, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) काे फाइनल प्रवेशका लागि आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच खेल हुँदैछ ।
प्रतियोगीतामा मुम्बई इन्डियन्स यसअघि नै फाइनल प्रवेश गरिसकेको छ । लिगमा शीर्ष दुईमा रहेको दिल्ली पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्ससंग पराजित भएको थियो । बैंगलोरलाई एलिमिनेटरमा पराजित गदैँ क्वालिफायरमा पुगेको हैदरावाद र मुम्बईसँग पराजित भएकाे देल्ली बिच फाइनल प्रवेशका लागि खेल हुदैँ छ ।
पहिलो पटक फाइनल पुग्दैँ इतिहास रच्ने दाउमा रहेको दिल्ली र सन् २०१६ मा उपाधि जितेको हैदरावाद बिचको खेल रोमाञ्चक हने अनुमान गरिएको छ । सुरुवाति राम्रो भएनि लए गुमाउदैँ पूनलय समाएर फाईनलमा पुग्ने दाउमा दिल्ली रहेको छ भने प्रतियोगिताको सुरुवात राम्रो नभएपनि पछिल्ला खेलमा लयलिएको हैदरावाद पनि लय कायम राख्दै फाइनल प्रवेश गर्ने दाउमा हुने छ।
युएईको अबुधाबी स्थित शेख जायद स्टेडियममा डेभिड वार्नरको कप्तानिमा हैदरावाद र श्रेयस अयेरको कप्तानीमा दिल्ली मैदान उत्रनेछन् । खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ ।
वि.सं.२०७७ कात्तिक २३ आइतवार १४:१० मा प्रकाशित
























