back
CTIZAN AD

चाडपर्व लक्षित माटोको भाडा बनाउन भ्याइनभ्याई

वि.सं.२०७७ कात्तिक २३ आइतवार

1.7K 

shares

२३ कात्तिक, इनरुवा । नेपालीको महान् चाडपर्व नजिकिएसँगै सुनसरी सदरमुकाम इनरुवासहित जिल्ला केन्द्रित कुम्भकार समुदाय माटोको भाँडा बनाउन व्यस्त भएका छन् । एकाबिहानै भएपछि सुनसरी सदरमुकाम इनरुवा–२ स्थित रहेका कुम्भकारहरु कोही माटो मुछ्ने त काही माटोको भाँडा बनाउने काममा व्यस्त हुन्छन् । उनीहरुको सबैको उद्देश्य एउटै छ चाडपर्वका बेला सबैलाई माटोको भाँडा सहज उपलब्ध गराउने ।

सदरमुकाम इनरुवा, लौकही, हरिपुरलगायत स्थानमा रहेका कुम्भकारले स्थानीयवासीको चाडपर्वलाई सहज बनाउने उद्देश्यले माटोको भाँडा बनाउने काममा व्यस्त बनेको स्थानीयवासी श्रीप्रसाद पण्डितले बताए । कुम्भकार समुदायले दिपावली तथा छठ पर्वलाई लक्षित गरी माटोको घैला, दियोसहित विभिन्न किसिमका भाँडाकुँडा बनाउने काममा व्यस्त बनेको पाइएको छ ।

भाडो बनाउन काँचो कुमाले माटोको प्रयोग हुने गरेकाले दुई हप्ता अगाडिबाट नै माटोको जोहो गर्ने गरेको छ । एक महिना अगाडिसम्म विभिन्न समस्याका कारण माटो ल्याउन नसक्दा भाँडो बनाउनमा ढिलो हुने भएका कारण आफूहरु अहिलेदेखि नै भाँडा बनाउने काममा लागेको स्थानीयवासी देवनारायण पण्डितको भनाइ छ ।

नजीकमा माटो नपाइने भएकाले टाढाबाट माटो खरिद गरी ल्याउनुपर्ने बाध्यता रहेकाले हतारमा काम गर्नुपर्दा व्यस्त बनेको छ । दिपावली तथा छठ पर्वमा दियो, चौमुखे दियो, कलशालगायत सामग्रीको अत्यधिक माग हुने भएकाले आफूहरु समान बनाउने काममा लागेको स्थानीयवासी सियाराम पण्डितको भनाइ छ । पण्डित अर्थात् कुम्भकार समुदायका अधिकांश व्यक्तिका रोजीरोटी माटोसँग सम्बन्धित भाँडाकुँडाहरु बनाउने रहेकाले सो कार्यक्रमा व्यस्त बनेको छ ।

आफूहरुले सबैको पर्वलाई सहयोग गर्ने उद्देश्यले काम केही दिनअगाडि देखि नै गरे पनि निकै चुनौतीसमेत रहेको कुम्भकार समुदायको नेता ज्ञानदेव पण्डितले बताए । कोरोना महामारीका बेलामा चाडपर्व लक्षित माटोको भाँडा निर्माण गरेको भए पनि बिक्री हुने कि नहुने भने चिन्ताले सताएको छ ।

वार्षिक रुपमा रु एक लाखदेखि एक लाख ५० हजारसम्मको माटोको भाँडाबाट आम्दनी गर्दै आएकामा यस पटक सोचेअनुसारको आम्दनीसमेत हुन नसकेको कुम्भकार समुदायका अगुवा ज्ञानदेव पण्डितको भनाइ छ । प्रजापति समुदायका व्यक्तिले हात तथा मेशिनबाट बनाउने भाँडोहरु बनाई गाउँघरदेखि शहरसम्म बेच्न लाने गरेका छन् । रासस

वि.सं.२०७७ कात्तिक २३ आइतवार १३:५६ मा प्रकाशित

भूपदेव शाह रास्वपा महामन्त्री बन्दै

भूपदेव शाह रास्वपा महामन्त्री बन्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाहलाई महामन्त्री...

वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै

वैशाख शुक्ल तृतीयाः आज अक्षय तृतीया पर्व मनाइँदै

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय...

सुकुम्वासी उठिबासविरुद्ध नेकपाको कडा आपत्ति

सुकुम्वासी उठिबासविरुद्ध नेकपाको कडा आपत्ति

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सुकुम्वासी परिवारहरूमाथि जबरजस्ती...

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

रैथाने खाना जोगाउने अभियान: स्वाद, स्वास्थ्य र पर्यटन जोड्न साझा पहल

काठमाडौं । रैथाने खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित “रैथाने खाना प्रवर्द्धन...

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढ्यो

भ्रष्टाचारजन्य कसुरमा मुद्दा दायरको सङ्ख्या तेब्बरले बढ्यो

प्रकाश सिलवाल, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला पाँच...

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सीलेको निर्देशन

सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न काउन्सीलेको निर्देशन

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना...