काठमाडौं । सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनमा विभाजन आएको छ । गठबन्धनका सह–संयोजक कैलाश महतोले अलग्गै स्वतन्त्र मधेस जनअभियान नामका संगठनको घोषणा गरेका छन् ।
महतोले आइतबार स्वतन्त्र मधेस जनअभियानको घोषणा गर्दै १४ सदस्यीय दर्थ समितिको पनि घोषणा गरेका छन् ।
आइतबार जनकपुरधाममा घोषणा भएको अभियानको केन्द्रीय तदर्थ समितिमा रमेश सिंह (महोत्तरी), संजय कुमार साह (पर्सा), सतिला यादव (सिरहा), ध्रुव प्रसाद कहार ‘गौंड’ (नवलपरासी), महेन्द्र प्रसाद चौधरी (कैलाली), हकिकुल्लाह मुसलमान (कपिलवस्तु), दिनेश प्रसाद यादव र सुजित कुशवाहा (बारा), देवकान्त सिंह (सिरहा) अनवर खान (बांके), जगरनाथ सहनी (रुपन्देही), प्रवीण महतो (मोरंग) र नारदमुनि मण्डल (सप्तरी) लाई चयन गरिएको छ ।
संयोजक महतोले देशमा समानता र समतामूलक समाज र विभेदरहित सामाजिक प्रणालीको स्थापना गर्न संगठन बनाएको बताए ।
सीके राउतले सरकारसँग ११ बुँदे सहमति गरेर मूलधारको राजनीतिमा आएपछि महतो असन्तुष्ट थिए ।
वि.सं.२०७७ कात्तिक २३ आइतवार १९:५९ मा प्रकाशित






























