back
CTIZAN AD

पत्रकार बोहरालाई मरणोपरान्त ‘शुक्लाफाँटा पत्रकारिता पुरस्कार’

वि.सं.२०७३ पुस २६ मंगलवार

876 

shares

२६ पुस, काठमाडौँ । यस वर्षको ‘शुक्लाफाँटा पत्रकारिता पुरस्कार’ मरणोपरान्त कञ्चनपुरका पत्रकार कर्ण बोहरालाई प्रदान गरेको छ ।

शुक्लाफाँटा एफएमद्वारा स्थापित उक्त पुरस्कारको राशी रु ११ हजार एक सय ११ रहेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका भाँसीमा सञ्चालित उक्त एफएमले पत्रकारिता क्षेत्रमा आफ्नो अमूल्य योगदान दिएको भन्दै आफ्नो १० औँं वार्षिकोत्सवमा स्वर्गीय बोहरालाई मरणोपरान्त उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो ।

भक्तपुरको मानव अङ्ग प्रत्यारोपण केन्द्रमा मिर्गौलाको उपचार गराइरहनुभएकी स्व. बोहोराकी श्रीमती ममतालाई सोमबार अस्पतालमै भेटेर सो पुरस्कार प्रदान गरिएको शुक्लाफाँटा एफएमका स्टेशन म्यानेजर विष्णु अवस्थीले जानकारी दिनुभयो ।

एफएमका अध्यक्ष यज्ञराज चटौत र स्टेशन म्यानेजर अवस्थीले संयुक्तरुपमा उहाँलाई नगदसहित सम्मान पत्र प्रदान गनुभएको हो । पत्रकार बोहराको गत मङ्सिर १० गते काठमाडौँको भेनस अस्पतालमा निधन भएको थियो ।

वि.सं.२०७३ पुस २६ मंगलवार ०३:०७ मा प्रकाशित

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

भद्रपुर । जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी...

विवाहको भोज खाएपछि ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै

विवाहको भोज खाएपछि ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै

चितवन । भरतपुर महानगरपालिका-४, धर्मचोकस्थित चौतारी पार्टी प्यालेसमा आयोजित विवाहको...

लम्की–टीकापुर–खक्रौला सडक समयमै सम्पन्न नहुँदा सास्ती

लम्की–टीकापुर–खक्रौला सडक समयमै सम्पन्न नहुँदा सास्ती

भजनी (कैलाली) । हुलाकी राजमार्गअन्तर्गत कैलालीको लम्की–टीकापुर–खक्रौला सडकको काम सम्पन्न...

वैशाखभित्रै एसइई नतिजा सार्वजनिक हुने, अन्तिम तयारीमा परीक्षा नियन्त्रण कार्यालय

वैशाखभित्रै एसइई नतिजा सार्वजनिक हुने, अन्तिम तयारीमा परीक्षा नियन्त्रण कार्यालय

काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालयले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा...

कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी

कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी

चितवन । चीन सरकारको सहयोगमा निर्मित बिपी कोइराला स्मृति क्यान्सर...

वीरगञ्जका विभिन्न क्यासिनोबाट छ जना पक्राउ

वीरगञ्जका विभिन्न क्यासिनोबाट छ जना पक्राउ

वीरगञ्ज (पर्सा) । वीरगञ्जका विभिन्न क्यासिनोमा अनधिकृत प्रवेश गरेर शङ्कास्पद...