back
CTIZAN AD

एकीकृत मुसहर नमुना बस्ती निर्माणको शिलान्यास

वि.सं.२०७३ पुस २६ मंगलवार

1K 

shares

२६ पुस, बर्दिबास । महोत्तरीको बर्दिवास–२ मा एकीकृत मुसहर नमुना बस्ती निर्माणको सोमबार शिलान्यास भएको छ ।

हास्य कलाकारद्वय सीताराम र कुञ्जना कट्टेल आबद्ध धुर्मुस सुन्तली फाउन्डेसनले रु चार करोड ७८ लाख लागतमा बनाउन लागेको सो बस्तीको आज महजोडीेले शिलान्यास ग¥यो । सो अवसरमा कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले मुलुकका विभिन्न भागमा धुर्मुस–सुन्तलीले दुःखी, गरिब र आपद्विपद्मा परेका नेपालीको सेवामा लागेर अनुकरणीय काम गरेको बताउनुभयो ।

कार्यक्रममा फाउन्डेसनका अध्यक्ष सीतारामले बस्ती निर्माण आगामी चैत मसान्तभित्रै सम्पन्न गरिने जानकारी दिनुभयो । आगामी विसं २०७४ को पहिलो दिनमै मुसहर बस्तीका ५० परिवारलाई नवनिर्मित पक्की घर हस्तान्तरण गरिने उहाँको भनाइ छ ।

सो अवसरमा विभिन्न सङ्घसंस्था, कार्यालय र व्यक्तिले बस्ती निर्माणका लागि रु १८ लाख र निर्माण सामग्री फाउन्डेसनलाई प्रदान गर्ने घोषणा गर्नुभयो । फाउन्डेसनले यसअघि काभ्रेपलाञ्चोकको पहरी बस्ती र सिन्धुपाल्चोकको गिरान्चौर बस्ती निर्माण गरिसकेको छ ।

वि.सं.२०७३ पुस २६ मंगलवार ०३:०९ मा प्रकाशित

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा । चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९...

सुनचाँदीको मूल्यमा केही गिरावट

सुनचाँदीको मूल्यमा केही गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा केही गिरावट भएको...

ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन

ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ४८९ सवारी चालक...

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

ताराखोलाको चिया मुलुककै उत्कृष्ट

गलकोट (बागलुङ) । यहाँको ताराखोला गाउँपालिकामा उत्पादित चियाले गुणस्तरमा नयाँ...

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

पोखरा-जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

मुस्ताङ । पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो क्रममा रहेको...

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दौडमै भविष्य देखेका २६ वर्षीय सनम

दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीका २६ वर्षीय सनम...