back
CTIZAN AD

लेखापढी व्यवसायीद्धारा आन्दोलन फिर्ता

वि.सं.२०७३ पुस २६ मंगलवार

1.1K 

shares

२६ पुस, भक्तपुर । लेखापढी व्यवसायीको विरोधका कारण दुई दिनदेखि ठप्प मालपोत कार्यालय भक्तपुरको काम कारबाही मङ्गलबारबाट सञ्चालन हुने भएको छ ।

शनिबारको एक राष्ट्रिय दैनिक पत्रिकामा मालपोत कार्यालय प्रमुख कमलप्रसाद तिमल्सिनाको भनाइ भनी प्रकाशित समाचारले लेखापढी व्यवसायीको मानहानी भएको भन्दै उनीहरूले आइतबारदेखि कलम बन्द गरेर मालपोतको सेवा ठप्प बनाएको थियो ।

व्यवसायी र मालपोत अधिकृतबीच सोमबार भएको वार्तामा तीनबुँदे सहमति भएपछि व्यवसायीले कलम बन्द कार्यक्रम फिर्ता लिएको लेखापढी व्यवसायी सङ्घ भक्तपुरका अध्यक्ष राजकुमार दाहालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मालपोतसँग हाम्रो सहमति भएको छ । मङ्गलबारदेखि काम सञ्चालन हुनेछ ।”

वार्तामा मालपोत प्रमुख तिमल्सिनाले समाचारको खण्डन गर्दै सो खण्डन सोही पत्रिकालगायत अन्य सञ्चारमाध्यममा प्रकाशित गर्ने, लेखापढी व्यवसायी र कार्यालयका कर्मचारीबीच एकअर्काको भावना र मर्यादाको ख्याल गर्दै एकअर्काको सम्मानमा आँच आउने कुनै अभिव्यक्ति र क्रियाकलाप नगर्ने, मालपोत कार्यालयबाट प्रदान गरिने सेवा सुविधालाई चुस्तदुरुस्त र प्रभावकारी बनाई जनगुनासो समाधान गर्न १५ दिनभित्र सुझाव दिनेगरी एक कार्यदलसमेत गठन गर्ने सहमति भएको छ । वार्तामा प्रमुख तिमल्सिनाले गल्ती भएको स्वीकार गरेको दाहालले बताउनुभयो ।

मालपोत अधिकृत कृष्णप्रसाद जोशीको संयोजकत्वमा गठन भएको कार्यदलमा सदस्य सचिव लेखापढी व्यवसायी सङ्घ भक्तपुरका अध्यक्ष दाहाल, सचिव रामकाजी पाटी, नेपाल बार एशोसियसन भक्तपुरका पूर्वउपाध्यक्ष रवीन्द्र प्रधान र मालपोत अधिकृत अरुणोदयमान रञ्जीत सदस्य रहेका छन् ।

वि.सं.२०७३ पुस २६ मंगलवार ०३:०५ मा प्रकाशित

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

काठमाडौँ । “एक फरक मुसाफिर हुँ म मेरो दुनियाँ अरूको...

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’...

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

काठमाडौँ । शनिबार साँझ चालकसहित भोटेकोसीमा खसेको विद्युतीय सवारीसाधन र...

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

वर्षायाममा पनि चितवनमा पर्यटकको चहलपहल

चितवन । सरकारले सप्ताहान्तमा दुई दिन सार्वजनिक बिदाको व्यवस्था गरेसँगै...

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

जनकपुरधाम । प्रतिबन्धित लागूऔषध नियन्त्रणका लागि प्रहरीले मधेस प्रदेशमा विशेष...

बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हु्ँदै छ कारोबार ?

बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हु्ँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य केही बढेको छ...